वहदाम ईण्डियाद्वारा २० जना विद्यार्थीहरुलाई नन्दलाल र सबिता देवी सारदा छात्रवृत्ति २०२५ प्रदान

1750429558789

खरसाङ: खरसाङ महकुमा अन्तर्गत दिलरामको सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा वहदाम ईण्डियाद्वारा दार्जिलिङ पहाडका विद्यार्थीहरुलाई प्रदान गरिएको नन्दलाल र सबिता देवी सारदा छात्रवृत्ति २०२५ प्रदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरुमा वहदाम ईण्डियाका‌ सीईओ बाला सारदा, क्षेत्रीय सभासद नुरी शेर्पा, सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयको प्रधानाध्यापक अनिल शर्मा, खरसाङ कलेजका प्राचार्य डा. समीर बल लगायत लगायत अन्यहरु उपस्थित रहेका थिए। अतिथिहरुका‌ बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरुले राष्ट्रिय गीत प्रस्तुत गरेर कार्यक्रम थालिएको थियो। कार्यक्रममा स्वागत सम्भाषण साथै वहदाम ईण्डियाको विषयमा सीईओ बाला सारदाले‌ विस्तृत जानकारी गराएका छन्। कार्यक्रममा सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने मामरिङ तोरयोक उच्चत्तर माध्यमिक विद्यालयका‌ विद्यार्थीहरुले सांगीतिक प्रस्तुति दिएका थिए। सन् २०१५ सालमा स्थापना भएको वहदाम ईण्डियाले नन्दलाल र सबिता देवी सारदा छात्रवृत्ति २०२५ को अडिशनद्वारा धेरै विद्यार्थीहरुलाई आर्थिक सहायता र परीक्षा तयारीको लागि तालिम प्रदान गर्ने लक्ष्य राखेको छ। वहदाम ईण्डियाद्वारा चिया, जडीबुटी र मसाला उत्पादक समुदायहरुमा प्रभाव बढाउन आफ्नो छात्रवृत्ति कार्यक्रमको विस्तार गरेको छ। भारतका उत्कृष्ट चिया, जडिबुटी र वनस्पति उत्पादनहरुलाई विश्वभरि पुराउँदै आएको अग्रणी घरेलु वेलनेस ब्राण्डमध्ये एक वहदाम ईण्डियाले आफ्नो प्रमुख टीच मी पहल अन्तर्गत नन्दलाल र सबिता देवी सारदा छात्रवृत्ति २०२५ एडिशनको घोषणा गरेको छ। सन् २०१८ मा शुरु गरिएको टीच मी वहदामको लामो समयदेखि चलिरहेको समाजिक प्रभाव कार्यक्रम हो जसले किसान र श्रमिकहरुका नानीहरुक लाई समर्थन गर्दछ। यो छात्रवृत्ति भारतका प्रमुख चिया जडीबुटी र मसाला उत्पादक क्षेत्रहरु जस्तै पश्चिम बंगालको सिलगढी, दार्जिलिङ, तराई डुवर्स,सिक्किम,आसाम, तामिलनाडु, हिमाञ्चल प्रदेश केरल, कर्नाटक र महाराष्ट्रका विद्यार्थीहरुका लागि खुल्ला हुनेछ। यस छात्रवृत्ति अन्तर्गत दशौँ कक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका‌ लागि फाउण्डेशन कार्यक्रम १० हजार छात्रवृत्ति रहेका छन्। यसै कार्यक्रममा वहदाम ईण्डियाद्वारा यस वर्ष विभिन्न स्थानहरुका‌ जम्मा २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका छन्। उक्त छात्रवृत्ति प्रमुख अतिथि जीटीए प्रमुख अनित थापा र वहदाम ईण्डियाका‌ सीईओ बाला सारदा र उनका माता पिताको बाहुलीबाट उक्त छात्रवृत्ति प्रदान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्भाषण राखेका थिए।


उक्त कार्यक्रमपछि पत्रकार सम्मेलन आयोजना गरेर वहदाम ईण्डियाका‌ सीईओ बाला सारदाले वहदाम ईण्डिया र छात्रवृत्ति कार्यक्रम विषयमा विस्तृत जानकारी गराएका छन्।


त्यसरी नै जीटीए प्रमुख अनित थापाले दार्जिलिङ पहाडका‌ अब्बल विद्यार्थीहरुलाई वहदाम ईण्डियाद्वारा प्रदान गरिएको छात्रवृत्तिले‌ नानीहरुको शिक्षामा ठूलो सहयोग पुग्ने बताएका छन्। उनले यस छात्रवृत्ति कार्यक्रमको लागि वहदाम ईण्डियालाई धन्यवाद पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement