कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः कालीझोड़ा एकता समिति क्वार्टर फाइनलमा

IMG_20220916_203256.jpg

१६ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा कालीझोड़ा एकता समितिले क्वार्टर फाइनलमा स्थान बनायो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको दोस्रो राउण्डको म्याचमा कालीझोड़ा एकता समितिले मेनहुड एफसी (कान्दुंग)-लाई १-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमलाई एकमात्र गोल भाग्यले हासिल भयो। म्याचमा मेनहुडका खोकन रोयले आत्मघाती गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement