देउराली संघ नक्आउट फूटबलः एमटीवाईएस मगरटोला क्वार्टर फाइनलमा

photocollage_2022916203454682.jpg

१६ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा एमटीवाईएस मगरटोलाले क्वार्टर फाइनलमा स्थान बनायो। रंगमोहन हाई स्कूल मैदानमा शुक्रवार खेलिएको दोस्रो राउण्डको म्याचमा एमटीवाईएस मगरटोलाले रंगमोहन बोइजलाई २-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट निगम तामाङले गोल गरे। एउटा गोल आत्मघाती (अभिषेक तामाङ) रह्यो। यसरी नै रंगमोहन बोइजबाट मनीष छेत्रीले १ गोल गरे। अब शनिवार खेलिने म्याचमा केके ११ सिलगढ़ी र उर्गेन सेभेन नक्सलबारीबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

Advertisement