दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन युवा शक्तिको दोस्रो स्थापना दिवस कार्यक्रम दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनमा सम्पन्न भएको छ। आज १६ सितम्बर भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिको दोस्रो स्थापना दिवस दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनमा भव्यताको साथ सम्पन्न गरिएको छ। आज युवा शक्तिको दोस्रो स्थापना दिवस कार्यक्रममा युवा शक्तिको विभिन्न पदाधिकारीहरु लगायत युवा शक्तिको केन्द्रीय अध्यक्ष अमृत योञ्जनको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा दार्जीलिङ कालेबुङ खरसाङ मिरिक लगायत पहाडको सबै स्थानहरूबाट युवा शक्तिको सदस्यहरु उपस्थित भएका थिए।

युवा शक्तिको दोस्रो स्थापना दिवस कार्यक्रम सम्बन्धी युवा शक्तिको अध्यक्ष अमृत योञ्जनले पत्रकारहरुलाई सम्बोधन गर्दै भागोप्रमो युवा शक्तिको दोस्रो स्थापना दिवसको शुभ उपलक्ष्यमा सबै कार्यकर्ता अनि युवाहरुलाई बधाई तथा शुभकामना प्रदान गर्दै उनले सर्वप्रथम नै उनले आफ्नो सम्बोधनमा जातिको प्रसङ्ग झिक्दै जातिलाई सुरक्षित राख्न सके मात्र अस्तित्व सुरक्षित रहने भन्दै उनले युवा शक्तिको तर्फबाट आगामी दिनहरुमा पनि राजनिति संग संगै समाजिक कार्यहरुलाई निरन्तरता दिने बताए।

अनि जो युवाहरु बाटो बिराएर गलत दिशा तर्फ अग्रसर भएका छन् उनीहरुलाई पनि सम्झाएर बुझाएर समाजको मुलधारमा ल्याएर सम्मान संग जिउन सक्ने वातावरण सृजना गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन युवा शक्तिको सोच रहेको मन्तव्य जाहेर गरेका छन्।










