मसानघाट पनि रहेन सुरक्षित,सिलगढीको करबाला मसानघाटमा चोरी

IMG_20220916_192759.png

सिलगढी: सिलगढीको वर्द्धमान रोडमा करबाला कब्रस्तान छ।यहाँ फेरि चोरी भएको खबर प्रकाशमा आएको छ। यसभन्दा अघि करबाला कब्रस्तानबाट पानीको कल, फ्यान लगायत अन्य सामग्री चोरी भएको थियो भने यसपल्ट साउन्ड सिस्टम चोरी भएको बताइएको छ। आज बिहान स्थानीय मानिसहरूले करबाला कब्रस्तानको अफिसको ताला भत्केको अवस्थामा देखेपछि भित्र पसेर हेर्दा त्यहाँबाट साउन्ड सिस्टम चोरी भएको थाहा पाए। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको छ। यस विषयमा करबाला कब्रस्तान कमिटीका सदस्य मोहम्मद अख्तारले भने, हाल उक्त कब्रस्तान असुरक्षित रहेको छ। पहिला उक्त कब्रस्तानमा नगरनिगमको तर्फबाट सुरक्षा गार्ड नियुक्त गरे तापनि हाल यहाँ कुनै सुरक्षा गार्ड छैन। यसैले गर्दा करबाला कब्रस्तान असामाजिक गतिविधिको अड्डा बन्न पुगेको छ। नगरनिगमले चाँडै नै यहाँ सुरक्षा गार्ड नियुक्त गरिदिने तिनले अपील पनि गरे।

About Author

Advertisement