अन्तर्राष्ट्रीय योग दिवस अघि योग शिविर

IMG-20250615-WA0077

पाकिम: अन्तर्राष्ट्रीय योग दिवसको अघि पाकिम जिल्ला स्वास्थ्य अनि परिवार कल्याण विभागअन्तर्गत नेश्नल आय़ुष मिशनले योग शिविर आयोजन गऱ्यो। उक्त कार्यक्रमको थिम एक पृथ्वी, एक स्वास्थ्यको लागि योग रहेको थियो। योग सत्रमा समग्र स्वास्थ्यकोरूपमा योग अभ्यासलाई प्रवर्द्धनमाथि फोकस गरियो। पाकिम जिल्लाको नयाँ बजार परिसरमा आयोजित शिविरमा नयाँ बजार विकास समिति र मन्दिर समितिका सदस्यहरू लगायत स्थानीयहरूले सहभागित जनाएका थिए। यस शिविरको सञ्चालन आयुष पीएचसीका मेडिकल अधिकारी डा. कुल्जन लामाले गरेका थिए। उनले बङ्लोरको एसवाइभीएएसएबाट योग प्रशिक्षककोरूपमा प्रमाण पत्र प्राप्त गरिसकेका छन्। डा.लामा र उनको टोलीले सहभागीहरूलाई स्वास्थ्य, सद्भाव र समग्र कल्याण प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न योग अभ्यासहरूबारे जानकारी गराए। शिविर आयोजनको लागि डा. लामा र उनको टोलीप्रति कृतज्ञता प्रकट गर्दै स्थानीय मानिसहरुको स्वास्थ्य जागरुकताका लागि आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement