सिक्किमका दुई बक्सर राष्ट्रीय बक्सिङ च्याम्पियनशीपमा

IMG-20250615-WA0076

सोरेङ: सोरेङ जिल्लाकी होनहार युवा एथलेटिक केसाङ शेर्पा र पूर्व च्याम्पियन सुमन लेप्चाले आगामी १८-२६ जूनसम्म हरियाणा राज्यको रोहतकमा आयोजना हुने १७ वर्ष भन्दा कम उमेरका किशोर-किशोरीहरूको निम्ति आयोजित छैटों राष्ट्रीय बक्सिङ प्रतियोगितामा अंशग्रहण गर्ने भएका छन्। यी दुवैजनालाई झण्डा हल्लाएर हरियाणा प्रस्थान गराइयो। दुवैले सिक्किमको प्रतिनिधित्व गर्ने भएका छन्। उक्त प्रतियोगिताको निम्ति दुईजनालाई सिक्किम अमेच्युर बक्सिङ एसोसिएशनलेले छनौट गरेको थियो। उनीहरूलाई प्रस्थान गराउन अघि सोरेङ जिल्लाको खेलकूद एवं युवा मामिला विभागका अधिकारीहरू साथै एसकेएम पार्टीका सीएलसी अध्यक्ष लगायत अन्यहरूको पनि उपस्थित रहेका थिए। सो प्रतियोगितामा दुईजनाले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रीय मञ्चमा सिक्किमको नामलाई गौरावान्तित तुल्याउने आशा व्यक्त गरिएको छ।

About Author

Advertisement