लाहौर: पाकिस्तानका ब्याटर बाबर आजम आउँदो हप्ताको प्लेयर ड्राफ्ट अघि सिडनी सिक्सर्सले अनुबन्धित गऱ्यो। यसरी बाबरले पहिलोपल्ट बिग ब्याश लीग (बीबीएल)-मा खेल्ने मौका पाएका छन्। पूर्व पाकिस्तानी कप्तान टी२० इण्टरनेशनल क्रिकेटको इतिहासमा दोस्रो सर्वाधिक रन बनाउने खेलाड़ी हुन्। ३० वर्षीय बाबरले आफ्नो करियरमा जम्मा ३२० वटा टी२० म्याच खेलेका छन् अनि हालै पाकिस्तान सुपर लीग (पीएसएल)-मा पेशावर जल्मी टीमको सर्वाधिक रन बनाउने खेलाड़ी रहेका थिए। उनलाई बंग्लादेशविरुद्ध हालै भएको टी२० सीरीजको निम्ति चाहिँ पाकिस्तानी टीममा सामेल गरिएन। बाबरले अनुबन्धपछि भने, विश्वको सर्वश्रेष्ठ टी२० लीगहरूमा एकमा खेल्नु अनि यति सफल र सम्मानित फ्रेञ्चाइजीको हिस्सा बन्नु एउटा रोमाञ्चक अवसर हो। उल्लेखनीय छ, सिक्सर्स २०२४-२५ सीजनमा दोस्रो स्थानमा रहे पनि प्लेअफ्-मा हारको सम्मुखीन भएको थियो। बीबीएल-मा प्रत्येक फ्रेञ्चाइजीलाई बिहीवार ड्राफ्ट अघि एकजना विदेशी खेलाड़ीलाई अनुबन्धित गर्ने अनुमति छ।