अप्पर बुर्तुकमा भाजपा-को आयुष्मान भारत र ई श्रम पञ्जीकरण शिविर

IMG-20250614-WA0091

गान्तोक: केन्द्रमा मोदी सरकारको ११ वर्ष पूरा भएको अवसरमा भारतीय जनता पार्टी, सिक्किमले आज गान्तोक जिल्लाको अप्पर बुर्तुक समष्टिको हेलीप्याडमा आयुष्मान भारत र ई श्रम पञ्जीकरण शिविर आयोजना गऱ्यो। यस अवसरमा पार्टीका प्रदेश अध्यक्ष डीआर थापाको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको उद्देश्य क्षेत्रवासीलाई विभिन्न केन्द्रीय योजना बारे जानकारी गराउनु रहेको थियो।
कार्यक्रम अवधि स्थानीय लाभार्थीहरूलाई आयुष्मान भारत कार्ड वितरण गरियो। यसको साथै योग्य लाभार्थीहरूको नाम ई श्रम योजनामा पञ्जीकृत पनि गरियो।
यस अघि आज बिहान भाजपा गान्तोक जिल्ला टोलीले स्थानीय बाकथाङ क्षेत्रमा विरुवा रोपन अभियान पनि चलाएको थियो। यसमा अन्यहरूको साथमा राज्य उपाध्यक्ष दिनेश चन्द्र नेपालको विशेष सहभागिता रहेको थियो।

About Author

Advertisement