कालचिनी: कालचिनी मा जारी ग्लोरी कप २०२५ फूटबल टुर्नामेण्टमा मोंग्रा फूटबल क्लब (सामुकतला)-ले फाइनलमा स्थान बनायो। ग्लोरी कप अर्गनाइजिंग कमिटीको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत मंगलवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा मोंग्रा एफसी-ले उर्लाबारी एफसी (मोरंग, नेपाल)-विरुद्ध पेनल्टी शूटआउटमा ४-२ ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका गोलकीपर प्रबीण सोरेन प्लेयर अव् द म्याच बने। बिहीवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा जर्जियन एफसी र नेताजी युथ क्लब, सेवोकबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। फाइनल १५ जूनमा खेलिनेछ। सबै म्याच हरू कालचिनी थाना ग्राउण्ड मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।