लण्डन: दक्षिण अफ्रिकाका कप्तान टेम्बा बावूमाले बुधवार ११ जूनदेखि अष्ट्रेलियाविरुद्ध लर्ड्समा खेलिने आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलको निम्ति अन्तिम एकादशको घोषणा गरे। दक्षिण अफ्रिकाले १९९१-देखि लर्ड्समा केवल एकपल्ट हारको सामना गरेर ५ वटा म्याच जितेको छ। यसबाहेक एउटा म्याच ड्र रहेको छ। यसबीच गत विजेता अष्ट्रेलियाले ४० वटा म्याच खेलेर १८ वटा जितेको छ। दक्षिण अफ्रिकी प्रथम एकादशमा हालै आईपीएलमा हिस्सा लिने एडेन मार्करम, रियान रिकेल्टन, ट्रिस्टन स्टब्स, मार्को यानसन, कगिसो रबाडा र लुंगी एनगिडी पनि रहेका छन्। दक्षिण अफ्रिकाले पहिलोपल्ट डब्ल्यूटीसी फाइनलमा स्थान बनाएको छ। यसरी अष्ट्रेलियाको चाहिँ यो लगातार दोस्रो फाइनल म्याच हुनेछ। अष्ट्रेलियाले गत संस्करणको फाइनलमा भारतलाई पराजित गरी खिताब जितेको थियो। डब्ल्यूटीसी फाइनलको निम्ति दक्षिण अफ्रिकी अन्तिम एकादशः टेम्बा बावूमा (कप्तान), एडेन मार्करम, रियान रिकेल्टन, वियान मुल्डर, ट्रिस्टन स्टब्स, डेविड वेडिंघम, काइल वेरिन, मार्को यानसन, केशव महाराज, कगिसो रबाडा र लुंगी एनगिडी।