नक्सलबारी ताराबारीमा कारगीलका वीर शहीद सुरेश छेत्रीको परिवारद्वारा सप्ताहव्यापी श्री श्री वायु महापुराण आयोजना

1749566934412

सिलगढी: नक्सलबारी ताराबारीमा कारगील विजयी वीर शहीद सुरेश छेत्रीको परिवारद्वारा सप्ताहव्यापी श्री श्री वायु महापुराण आयोजना गरिएको छ। शहीद वेदीमा धुप, दीप अनि माल्यार्पण गरे पश्चात शहीद सुरेश छेत्री, राष्ट्रपिता महात्मा गान्धी अनि पूर्व प्रधानमन्त्री राजीव गान्धीको सालिगमा माल्यार्पण र पुष्पार्पण गरेपछि आरती अनि गुरूजी रसिक रिवाज महाराजद्वारा कथा वाचन भइरहेको छ।

रसिक भजन टोलीद्वारा भक्तिमय भजनहरू भक्तजनले श्रावण गरिरहेका छन्। यसै अवसरमा शहीद परिवारले आवश्यक मानिसहरूलाई वील चियर साथै ट्राइ साइकल वितरण गर्नुको साथै एक क्यान्सर पीडितलाई आर्थिक सहयोग पनि प्रदान गरेका छन्। गत ५ जुन २०२५ बाट शुरू भएको यस सप्ताहव्यापी पुराण आगामी १२ जुन सम्म चल्नेछ।

शहीद परिवारले प्रत्येक तीन-तीन महिनामा पुराणको आयोजना गर्दै आइरहेको छ भने आवश्यक अनि असाहय धेरैलाई सहयोग प्रदान गर्ने जस्ता पुण्य कार्य पनि लगातार गरिरहेका छन्। आगामी दिनमा पनि यस्ता कार्यहरू लगातार गरिरहने पनि परिवार पक्षले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement