काफेबारी अग्निकाण्डका पीडितहरुले पाएँ आफ्नो नयाँ दस्तावेजहरु

1749566843709

सबै पीडितले जलेका कागजपत्रको ९०% कागजातको प्रतिलिपि पाए: दिवस छेत्री

खरसाङ: जीटीए प्रमुख कार्यपाल अनित थापाले खरसाङको सिङ्गेल चियाबारी अन्तर्गत काफेबारी, गोदामधुरामा गत 15 मईको दिन आगलागीको चपेटमा परेका पाँच परिवारसँग भेट गरेको समय सबै कागजातको बन्दोबस्त गर्ने वचन दिएका थिए। त्यही अनुरुप काफेबारी अग्निकाण्ड पीडितहरुको पुनर्वासको जिम्मेवारी दिवस क्षेत्रीलाई सुम्पेका थिए। उक्त अग्निपिडितहरुले आज आफ्नो सबै नयाँ कागज पत्रहरु प्राप्त गरेका छन्। यस विषयमा दिवस छेत्रीले जानकारी दिँदै भने, “जीटीए मुख्य कार्यपाल अनित थापाको निर्देशमा आज महकुमा शासकको कार्यालयमा खरसाङ महकुमा शासक विन्दवासी तेजा दिपक, आईएएस अनि सम्बन्धित विभागीय अधिकारीहरूसँग अग्निकाण्ड पीडित अनि जीटीए चिफका प्रतिनिधिको एउटा बैठक बस्यो। बैठकमा पीडितहरुको मुख्य दस्तावेजहरु जस्तै रासन कार्ड, चुनाव परिचय पत्र, आधार कार्ड, जन्म मृत्युको सर्टिफिकेट आदिको प्रतिलिपि तुरन्तै पीडितलाई दिलाउने निर्णय लिइयो। बैठक पश्चात विभागले आफ्नो कार्य शुरु गरे अनि सबै पीडितले जलेका कागजपत्रको ९०% कागजातको प्रतिलिपि पाए।”
एक पीडितले पाएको कागज देखाउँदै भने, “अब यसपाली रासन थाप्नु पाइने भयो।”
स्मरण रहोस, आगो लागेको समय धुरा सुनसान रहेको थियो। सबै जना कमानको काममा गएका थिए। तसर्थ पीडितहरूको कुनै पनि सामान अनि कागजात निकाल्नु सकिएको थिएन।
महकुमा प्रशासन, जीटीए अनि संघ संस्थाहरू साथै छिमेकीहरूको सहयोगमा वर्तमान पीडितहरुलाई स्थानीय सामाजिक भवनलाई राहत शिविरमा परिणत गरी राखिएको छ। उनीहरूलाई खाने बस्नेको प्रबन्धन मिलाइएको छ।
दिवस छेत्रीले अझ भने, ” कमानको जग्गा हो। त्यसैले घर निर्माण गर्न बगानको प्रबन्धकको अनुमति चाहिन्छ। अनुमति ढिलो भएको कारण घर निर्माण कार्य सुरु गर्नु सकिएको थिएन। यस समस्यालाई पनि जीटीए चिफ अनित थापाले बगान प्रबन्धक सँग वार्तालाप गरेर घर निर्माण गर्ने अनुमति निकालिएको छ। अब चाँडै पीडितहरुको घर निर्माण हुनेछ।”


दिवस छेत्री भन्छन, “जीटीए चिफ पीडितलाई राहत मात्र होइन, उनीहरूले नयाँ जीवन सुरु गर्नु सकोस् भन्ने चाहनुहुन्छ। मानिसको पुनर्वास नै उनको प्राथमिकता रहेको छ। महकुमा शासक अनि सम्बन्धित अधिकारीहरुको सहयोग सराहनीय छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement