मच्छरबाट हुने विभिन्न रोगहरुबाट बाँच्नलाई खरसाङ नगरपालिकाबाट सर्वे र सर सफाई कार्य शुरु

IMG-20250610-WA0049

खरसाङ: मच्छरबाट हुने विभिन्न रोगहरुबाट बाँच्नलाई खरसाङ नगरपालिकाको तर्फबाट घर घर पुगेर सर्वे गर्ने साथै सर सफाई गर्ने कार्य शुरू गरिएको छ। यस कार्यको लागि खरसाङ नगरपालिकाकोे भिक्टर कन्ट्रोल टिमले घर घर पुगेर सर्वे गर्दै मानिसहरुलाई सचेतना गराउने कार्य थालिएको छ भने आजदेखि भीसीटी टिमलाई पनि विभिन्न स्थानहरुमा सर सफाईको लागि पठाइएको छ। उक्त टिमलाई खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान र सभासद श्याम शेर्पा र अन्यको बाहुलीबाट ड्रेस पनि वितरण गरिएको छ। यस भीसीटी टिमले विभिन्न स्थानहरुमा पुगेर मलेरिया र अन्य रोगहरुबाट बाँच्नलाई सर सफाई गर्ने कार्य गर्ने भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको सेनीटेरी इन्स्पेक्टर रमेश सुब्बाले मच्छरबाट हुने विभिन्न रोगहरु रोकथामको लागि खरसाङ नगरपालिकाकोे तर्फबाट पहल गर्दै घर घर पुगेर सर्वे गर्ने साथै मानिसहरुलाई सचेत गराउन कार्य थालिएको बताएका छन्। उनले यसै अन्तर्गत आजदेखि भीसीटी टिमलाई नगरपालिकाको तर्फबाट ड्रेस वितरण गरेर विभिन्न स्थानहरुमा सर सफाईको लागि पठाइएको पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement