खरसाङ: खरसाङ क्षेत्रका स्थानीय उद्यमीहरुले मिलेर सोमवारदेखि खरसाङमा आफैले बनाएका स्थानीय चीजबीजहरुलाई पाँच दिनव्यापी प्रदर्शनी तथा बिक्री शुरु गरिएको छ भने आज मंगलबार दोस्रो दिन पनि प्रदर्शनी तथा बिक्री जारी रहेको छ। खरसाङको स्थानीय उद्यमीहरु मिलेर आयोजित यो प्रदर्शनी तथा बिक्री खरसाङको गोर्खा जनपुस्तकालय भवनमा चलिरहेको छ। उक्त पाँच दिनव्यापी प्रदर्शनी तथा बिक्री आगामी १३ जूनसम्म बिहान ९ बजीदेखि साँझ ६ बजीसम्म प्रत्येक दिन चल्ने भएको छ।

उक्त पाँच दिनव्यापी प्रदर्शनी तथा बिक्री केन्द्रको उदघाटन स्थानीय उद्यमी संगीता राईले रिबन काटेर गरेकी थिइन्। यस अवसरमा सभासद श्याम शेर्पाले पनि यसको निरीक्षण गरेका थिए। यस प्रदर्शनीमा स्थानीय उद्यमीहरुले बनाएका जातीय खाद्य सामग्रीहरु, फूलहरु, झोलाहरु, हातले बनाएका चीजबीजहरु राखिएका छन्।

यस प्रदर्शनीको मुख्य उद्देश्य स्थानीय सर सामानहरुलाई अघि बढाउनु तथा स्थानीय उद्यमीहरुलाई बिजिनेस क्षेत्रमा मञ्च प्रदान गरेर अघि बढाउनु रहेको छ। उक्त पाँच दिनव्यापी प्रदर्शनी तथा बिक्रीमा सबैलाई आईदिने स्थानीय उद्यमीहरुले अनुरोध गरेका छन्।