खरसाङ क्षेत्रका वरिष्ठ अधिवक्ता रमेश अग्रवालसहित उनको टोली भारतीय जनता पार्टीमा सामेल

IMG-20250610-WA0057

खरसाङ: खरसाङ क्षेत्रका वरिष्ठ अधिवक्ता रमेश अग्रवालसहित उनको टोली नै भारतीय जनता पार्टीमा सामेल भएका छन्। आज खरसाङमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ अधिवक्ता रमेश अग्रवालसहित 8 जना अधिवक्ताहरु भारतीय जनता पार्टीमा सामेल भएका छन्। उनीहरुलाई भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष कल्याण देवान, राज्य सदस्य मनोज देवान र खरसाङको संयोजक आरबी लामाको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत गरिएको छ। भाजपा पार्टीमा प्रवेश गरेपछि अधिवक्ताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अघि बढिरहेको देश विकासको अभियानप्रति विश्वास व्यक्त गर्दै सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास” भन्ने मन्त्रलाई आत्मसात गर्दै काम गर्ने प्रतिबद्धता जनाए।
यस अवसरमा बोल्दै अधिवक्ता रमेश अग्रवालले भने, ‘म कुनै राजनितिज्ञ होइन तर म सानै उमेरदेखि कतिपय राजनैतिक पार्टीको कानुनी सल्काहकार रहेर कार्य गरेको छु। मेरो कानुन सम्बन्धी नै काम हो। गोरामुमोमा पनि कानुनी सल्लाहकार रहेर कार्य गरेको छु। मैले विगत ३५-३६ सालदेखि कानूनको काम शुरु गरेको हो।’
उनले अघि भने, ‘मैले चिन्तन मनन गरेर नै भारतीय जनता पार्टीमा सामेल भएको हो। दागोपाप र जीटीए हुँदासम्म पनि हाम्रो कुनै पनि प्रकारको राजन समस्याको समाधान भएन‌।’
भाजपाका स्थानीय नेताहरुले नवप्रवेशी अधिवक्ताहरूलाई स्वागत गर्दै भने कि उनीहरूको अनुभव र सेवाभावले खर्साङमा पार्टीको संगठनात्मक बल र जनसम्पर्क अभियानलाई थप मजबुत बनाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement