पंखाबारी उच्चत्तर माध्यमिक विद्यालयमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

1749565689303

खरसाङ: खरसाङ महकुमाको एउटा प्रतिष्ठित विद्यालय पंखाबारी उच्चत्तर माध्यमिक विद्यालयमा आज नयाँ एघारौँ श्रेणीका विद्यार्थीहरूलाई स्वागत जनाउने कार्यक्रमसँगै यहाँका मेधावी विद्यार्थीहरूलाई यसै विद्यालयकी भूतपूर्व प्रधान अध्यापिका तथा वर्तमान विद्यालय सञ्चालन समितिकी अध्यक्ष एवम् पंखाबारी लङ्भ्यू अम्बटे समष्टि कार्यकारि सभासद कल्पना प्रधानको निजी पक्षबाट सम्मान जनाउने कार्यक्रम सम्पन्न भयो। विद्यालयका विद्यार्थीहरूबाट यसै वर्ष दशौँ कक्षा उत्तीर्ण गरेर एघारौँ श्रेणीमा आएका विद्यार्थीहरूलाई स्वागत जनाउँन गीत, नृत्यहरू प्रस्तुत गरे भने विद्यालयका शिक्षक प्रभारी देवेन गजमेरले नयाँ आएका विद्यार्थीहरूलाई स्वागत जनाउँदै विद्यालयको अनुशासनमा रहेर असल शिक्षा आर्जन गर्ने सुझाव दिए। त्यसरीनै भूतपूर्व प्रधान शिक्षिका कल्पना प्रधानले यसै विद्यालयबाट माध्यमिक अनि उच्च माध्यामिक परीक्षामा सर्वोत्कृष्ट परिणाम ल्याएर परीक्षा पास गर्ने आठ जना विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरेर अनि खदा लगाएर सम्मान जनाइन् भने यस वर्ष विद्यालयको परीक्षाफल खुबै उत्कृष्ट भएकोमा बधाई दिँदै विद्यालयका सबै शिक्षक-शिक्षिकाहरूलाई खदा लगाइ दिइन्।

प्रधानले आफ्नो सम्बोधनमा यस विद्यालयले शिक्षा लगायत अन्य विविध क्षेत्रमा आजसम्म खुबै असल प्रदर्शन गर्दै आइरहेको जनाउँदै यसको निम्ति विद्यालयसँग सम्बन्धित सबैलाई बधाई दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement