निकोलस पूरनद्वारा इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा

1749561607339

नयाँ दिल्ली: वेष्ट इण्डिजका स्टार क्रिकेटर निकोलस पूरनले इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिने फसेला गरेर सबैलाई चकित बनाए। वेष्ट इण्डिजका सर्वोच्च ऱ्याङकिंग भएको टी२० ब्याटर निकोलस पूरनले सोमवार आफ्नो ९ सालको इण्टरनेशनल करियरमा विराम लगाए। त्रिनिदादका यस २९ वर्षीय ब्याटरले वेष्ट इण्डिजको निम्ति टेस्ट क्रिकेटमा प्रतिनिधित्व गर्ने मौका नपाए पनि सीमित ओभरहरूका प्रारूपमा आफ्नो छाप छोड़ेका थिए। पाकिस्तानविरुद्ध टी२० म्याचको साथ २३ सेप्टेम्बर २०१६-मा वेष्ट इण्डिजको निम्ति पदार्पण गर्ने पूरनले यस प्रारूपमा १०६ वटा म्याच खेलेर १३६.३९-को स्ट्राईक रेट र २६.१४-को औसतले २२७५ रन बनाए। यसमा १३ वटा अर्द्धशतक सामेल छ। यसरी उनले ६१ वटा वनडे इण्टरनेशनलमा वेष्ट इण्डिजको प्रतिनिधित्व गरेर ९९.१५-को स्ट्राईक रेट र ३९.६६-को औसतले ३ वटा शतक र ११ वटा अर्द्धशतकको साथ १९८३ रन बनाए। उनले अन्तिमपल्ट दिसम्बर २०२४-मा वेष्ट इण्डिजको निम्ति खेलेका थिए। पूरनले वेष्ट इण्डिज टी२० टीमको कप्तानी पनि गरेका थिए।पूरनले सोशल मीडियामा सन्न्यासको घोषणा गर्दै लेखेका छन्, धेरै सोच-विचार र चिन्तनपछि मैले इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिने फसेला गरेको छु। जुन खेललाई हामी माया गर्छौं, त्यसले धेरै कुरा दियो अनि दिनेछ-खुशी, उद्देश्य, अविस्मरणीय यादहरू र वेष्ट इण्डिजका मानिसहरूलाई प्रतिनिधित्व गर्ने मौका। मरुन रंग लगाउनु, राष्ट्रगानको निम्ति उभिनु अनि हरेकपल्ट मैदानमा ओर्लिएर आफ्नो सबैथोक दिने अनुभवलाई शब्दमा बयान गर्न सकिँदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement