खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीद्वारा खरसाङ शहरको विभिन्न स्थानहरूमा खरसाङ शहरलाई सफा, स्वच्छ, सुन्दर अनि प्रदुषणमुक्त राख्न हेतु जनसाधारणलाई अपिल गर्दै जनचेतनामूलक कोटेशन लेखिएको साना साना ब्यानरहरू लगाउने कार्य गरिएको छ। उक्त कार्य टाउन कमिटीको कार्यवाहक अध्यक्ष सन्दिप बल अनि कार्यवाहक सचिव बिरबल पाखरिनको अगुवाईमा सम्पन्न गरिएको छ। यस अवसरमा खरसाङ शहरको विभिन्न स्थानहरूमा खरसाङ शहरलाई सफा, स्वच्छ, सुन्दर अनि प्रदुषण मुक्त राख्ना हेतु जनसाधारणलाई अपिल गर्दै पोष्टरिङ र ब्यानरहरु राखिएको छ। यस कार्यमा टाउन कमिटीको सह सचिव सञ्जय मुखिया, सांगठनिक सचिव रन्जन गजमेर, कोषाध्यक्ष राजेन प्रधान लगायत कार्यकारिणी सदस्यहरू उपस्थित थिए। दोस्रो चरणको कार्यक्रममा टाउन कमिटीको पक्षबाट खरसाङ ट्राफिक पुलिस प्रभारीलाई स्थानीय डाउहिल रोड (डा शिवकुमार राई पथ)अनि पंखाबारी रोडमा दैनिक रूपमा जनमानसले भोग्नु परिरहेको गाड़ीको जाम विषयमा एक लिखित ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र पढे पश्चात ट्राफिक प्रभारी बिरेन्द्र छेत्रीले खुशी प्रकट गर्दै चाढै नै यस समस्यामाथि समाधानको पहल गरिने आश्वासन दिए। तेस्रो चरणमा खरसाङ नगरपालिकाको प्रशासक उपाध्यक्ष सुभाष प्रधानलाई पार्टीको पक्षबाट विभिन्न विषयहरुमा एक लिखित ज्ञापन चढाएका छन्। खरसाङ नगरपालिका अन्तर्गत प्रत्येक वार्डमा ब्लिचिङ पाउडर छर्ने कार्यलाई जन साधारणको सुविधाको निम्ति कार्यान्वयन गरियोस, वार्डहरुमा सर-सफाई कार्यक्रम अन्तर्गत बाटो छेउ छाउमा उम्रेको झार जंगललाई यथाशीघ्र फाड्ने कार्य गरियोस्।

बर्खायाममा विभिन्न विषालु सर्पहरू लगायत जंगली जनावरहरू निस्कने प्रबल सम्भावना रहेको कारण वार्डहरूमा रहेको बिजुलीको खम्बाहरूमा अविलम्ब बल्ब जडान गरियोस्। हाउस फर अल योजनाको लाभार्थीहरूको रकम नगरपालिकाबाट भुक्तान भईरहेको भए तापनि रहल लाभार्थीहरूको रकम पनि सरकारी मापदण्ड अनुसार चाढै भुक्तान गरियोस्। सम्पूर्ण विषयहरूलाई मनन गरेपछि उपाध्यक्ष सुभाष प्रधानले सकारात्मक पहलको वचन दिएको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाको सकारात्मक सोच, कुशल नेतृत्व अनि अब्बल प्रशासक को कार्य शैली अनुसार नै जन हितको कार्य टाउन कमिटी खरसाङले यसरी गरिरहेको जानकारी कार्यवाहक सचिव बिरबल पाख्रिनले दिएका छन्।