काेलकत्ता: उत्तर बंगालका प्रतिभाशाली फूटबल खेलाड़ीहरूका माग लगातार बढ़िररहेको छ। यसै क्रममा अझ ४ जना फूटबलर सीएफएल प्रीमियर डीविजनमा आफ्नो प्रतिभा देखाउन तयार छन्। काेलकत्ताको अग्रणी टीम वारी एथलेटिक क्लबले राइट ब्याक प्रतीक लामा, लेफ्ट ब्याक अभिषेक भुजेल, विंगर सुरज रसाईली र अनुभवी गोलकीपर निगम सिंहसँग अनुबन्ध गरेको छ। प्रतीक, सुरज र निगमसँग देशको प्रमुख फूटबल लीगहरूमा खेल्ने पर्याप्त अनुभव रहेको छ। यसरी युवा अभिषेक भुजेलले गत केही सालदेखि निरन्तर असल प्रदर्शन गर्दै आएका छन्। सबै खेलाड़ीहरूलाई आउँदो सीजनको निम्ति शुभकामना।