नयाँ दिल्ली: भारतीय पुरुष हकी टीमले एफआईएच प्रो लीगको म्याचमा नीदरल्याण्डविरुद्ध २-३-ले हारको सामना गर्नु परेको थियो। यसअघि शनिवार पनि भारतले यस प्रतिद्वन्द्वीविरुद्ध हारको सामना गर्नु परेको थियो। भारतीय टीमको निम्ति पेनल्टी कर्नर फेरि एकपल्ट कमजोरी साबित भयो। भारतीय टीमले नीदरल्याण्डविरुद्ध दोस्रो म्याचमा ९ वटा पेनल्टी कर्नरमा केवल एउटालाई गोलमा परिणत गर्न सक्यो। यसअघि ७ जूनमा खेलिएको म्याचमा शुरुवाती बढ़त हासिल गरेर पनि भारत १-२-ले पराजित भएको थियो। भारतीय टोलीले दोस्रो म्याचमा पनि त्यही गल्तीलाई दोहोऱ्यायो। भारतलाई पूरा म्याचमा ९ वटा पेनल्टी कर्नर हासिल भयो, जसमा केवल एक मौकामा जुगराज सिंहले ५४औं मिनटमा गोल गरे। भारतको निम्ति म्याचको पहिलो गोल अभिषेकले २०औं मिनटमा गरे। नीदरल्याण्डको निम्ति म्याचमा थीज वेन डेमले २४औं, टी होडेमेकर्सले ३३औं र यिप यानसेनले ५७औं मिनटमा गोल गरे। यसरी एफआईएच प्रो लीगको यूरोपियन चरणमा भातीय टीमको दुर्दशा जारी रह्यो। एफआईएच प्रो लीगको भुवनेश्वर चरणमा भारतले ८ वटा म्याचमा १५ पोइण्ट्स हासिल गरेको थियो। त्यही १५ पोइण्ट्सको साथ भारत अहहिले तेस्रो स्थानमा रहेको छ। टीमले आउँदो साल हुने वर्ल्ड कपको निम्ति प्रो लीगको माध्यमले क्वालीफाई गर्न यूरोपियन चरणमा अधिकतम पोइण्ट्स हासिल गर्नु पर्नेछ तर शुरुवाती २ वटा म्याचको हारले भारतको निम्ति बाटो कठिन भएको छ।