एमएस धोनी आईसीसी हल अव् फेम-मा सामेल

1749543946446

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई आईसीसी हल अव् फेम-मा सामेल गरिएको छ। यस प्रतिष्ठित सूचीमा सामेल हुने धोनी भारतका ११औं खेलाड़ी हुन्। आईसीसी-ले जानकारी दिए अनुसार, धोनीको साथमा दक्षिण अफ्रिकाका पूर्व ब्याटर हाशिम अमला, अष्ट्रेलियाका पूर्व ब्याटर म्याथ्यू हेडन, दक्षिण अफ्रिकाका पूर्व कप्तान ग्रीम स्मिथ र न्यूजील्याण्डका पूर्व स्पिनर डेनियल विटोरीलाई हल अव् फेम-मा सामेल गरिएको छ। यसरी महिला क्रिकेटरहरूमा पाकिस्तानकी सना मीर र ईंग्ल्याण्डकी सारा टेलरलाई पनि आईसीसी हल अव् फेम-मा स्थान दिइएको छ। धोनीले इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिएको लगभग ५ साल भइसकेको छ। धोनीले भारतको निम्ति अन्तिम म्याच २०१९ वनडे वर्ल्ड कपको सेमिफाइनलमा खेलेका थिए। उनले १५ अगस्त २०२०-मा इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिने फसेला गरेका थिए। क्याप्टन कूल-को नामले चिनिने धोनी भारतका सबैभन्दा सफल कप्तानहरूमा एक रहेका छन्। राँचीका निवासी धोनीले आफ्नो कप्तानीमा भारतलाई २००७-मा टी२० वर्ल्ड कप, २०११-मा वनडे वर्ल्ड कप र २०१३-मा च्याम्पियन्स ट्रफीको रूपमा ३ वटा प्रमुख आईसीसी ट्रफी दिलाएका थिए। धोनीले भारतका एकमात्र कप्तान हुन्, जसको नेतृत्वमा टीमले ३ वटा आईसीसी खिताब जितेको छ। यसबाहेक उनको कप्तानीमा भारतले २०१० र २०१६-मा एशिया कपको खिताब पनि जितेको थियो। धोनीले २००४-मा बंग्लादेशविरुद्ध म्याचको साथ इण्टरनेशनल क्रिकेटमा पदार्पण गरेका थिए।
आईसीसी हल अव् फेम-मा सामेल हुने धोनी ११औं भारतीय क्रिकेट हुन्। यसअघि नीतू डेविड, वीरेन्द्र सहवाग, डियान एडुल्जी, विनोद मांकड़, सचिन तेन्दुलकर, राहुल द्रविड़, अनिल कुम्बले, कपिल देव, बिशन सिंह बेदी र सुनिल गावस्करलाई यो सम्मान प्राप्त भइसकेको छ। गावस्कर र बिशन सिंह बेदी भारतबाट आईसीसी हल अव् फेम-मा सामेल हुने सबैभन्दा अधिक उमेरका खेलाड़ी हुन्। यी दुई दिग्गजलाई यो सम्मान २००९-मा प्राप्त भएको थियो। भारतलाई तीनवटा प्रमुख आईसीसी खिताब दिलाउनको साथमा धोनीले इण्डियन प्रीमियर लीग (आईपीएल) र अहिले बन्द भइसकेको च्याम्पियन्स लीग टी२०-मा चेन्नई सुपर किंग्स (सीएसके)-को फ्रेञ्चाइजीलाई पनि गौरव दिलाएका छन्। उनले सीएसके-लाई आफ्नो कप्तानीमा २०१०, २०११, २०१८, २०२१ र २०२३-मा ५ पल्ट आईपीएल च्याम्पियन बनाए। यसरी उनको कप्तानीमा सीएसके-ले २०१० र २०१४-मा च्याम्पियन्स लीग टी२० को खिताब जितेको थियो। धोनीले २०१६ र २०१७-मा सीएसके-माथि प्रतिबन्ध लाग्दा राइजिंग पुणे सुपरजाइण्ट्सको प्रतिनिधित्व गरेका थिए। यस साल आईपीएलमा उनी अनक्याप्ड खेलाड़ीको रूपमा ओर्लिएका थिए अनि रुतुराज गायकवाड़को अनुपस्थितिमा टीमको कप्तानी पनि गरेका थिए। धोनीलाई आईसीसी हल अव् फेम-मा सामेल गरिएपछि बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड)-ले उनलाई बधाई दिएको छ।
धोनीको इण्टरनेशनल करियर पनि उपलब्धिहरूले भरिएको रह्यो। उनले भारतको निम्ति ९८ वटा टी२०आई म्याच खेलेर १२६.१३-को स्ट्राईक रेट र ३७.६०-को औसतले १६१७ रन बनाए। यस प्रारूपमा उनको नाममा २ वटा अर्द्धशतक रहेको छ। यसरी धोनीले ९० वटा टेस्ट म्याच खेलेर ३८.०९-को औसतले ४८७६ रन बनाए। उनको नाममा यस प्रारूपमा ६ वटा शतक र ३३ वटा अर्द्धशतक रहेको छ। उनको सर्वश्रेष्ठ स्कोर २२४ रन रह्यो। उनी टेस्ट क्रिकेटमा भारतको निम्ति १४औं सर्वाधिक रन बनाउने खेलाड़ी हुन्। धोनीले ६० वटा टेस्ट म्याचमा भारतीय टीमको कप्तानी गरे। यसमा भारतले २७ वटा म्याच जितेर १८ वटा गुमायो। अन्य १५ वटा म्याच ड्र रह्यो। यसरी ४५ प्रतिशत जीतको साथ धोनी भारतका सफल कप्तानहरूमा एक हुन्। उनकै कप्तानीमा भारत आईसीसी टेस्ट ऱ्याङकिंगमा शीर्ष स्थानमा पुगेको थियो। यसरी धोनीले भारतको निम्ति ३५० वटा वनडे म्याच खेलेर ५०.५७-को औसतले १०७७३ रन बनाए। यसमा १० वटा शतक र ७३ वटा अर्द्धशतक सामेल छ। वनडेमा उनको सर्वोच्च स्कोर अविजित १८३ रन रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement