गान्तोक: साहित्य सङ्गीत र कलाको क्षेत्रमा उर्वर मानिने शहर कोलकाताको भारतीय भाषा परिषद र कला मन्दिरमा दुई दिने अन्तराष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भयो। दुई देशको राष्ट्रिय गीनको साथ कार्यक्रम आारम्भ गरियो। भारत र नेपालका विभिन्न प्रान्तबाट अाएका नेपाली साहित्यकारहरुलाई चौथो अन्तरास्ट्रिय नेपाली साहित्य सम्मलेनका संयोजक नारायण प्रसाद हुमागाइले स्वागत जनाउँदै यस कार्यक्रमको उद्देश्य दुई देशबीचको सम्बन्धलाई साहित्य र सांस्कृतिक कार्यक्रम मार्फत बलियो बनाउने साथै दुवै देशको भाषा साहित्यलाई उन्नतिशील बनाउन रहेको बताए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख राम प्रसाद सुबेदीको उपस्थिति रहेको थियो। उनले आाफ्नो सम्बोधनमा दुई देशले मिलेर गरेको कार्यक्रमले नेपालीहरुको साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने कुरो बताए। भाषा साहित्यले जनस्तरमा गहिरो प्रभाव पार्ने कुरा बताए। सुबेदीले भारतमा बसेर पनि कोलकाताका नेपालीले भाषा, साहित्यको जगेडामा ठूलो योगदान गर्ने गतविधिमा नयाँ पुस्तालाई असल तरिकाले डोऱ्याउने कुरा राखे। साहित्य अकादमी कलकत्ताका क्षेत्रीय निर्देशक देवेन्द्र देवेशले नेपाल र भारतबीचको निरन्तर विचार विनिमयको खाँचो रहेको बताए। नेपाली साहित्य स्तरिय बन्दै गएको छ र यसलाई अनुवादको माध्यमबाट विश्वस्तरमा फैलाउन जरुरी बताए। भारत नेपाल जनमैत्री सांस्कृतिक संघले आायोजना गरेको यो दुई दिने साहित्यिक कार्यक्रमको पहिलो सत्रमा नेपालका त्रिभुवन विश्वविद्यालयका प्रा. डा. नारायण प्रसाद गडतौलाले “नेपाली साहित्यमा पूर्वीय दर्शनको प्रभावमाथि” कार्यपत्र राखेका थिएँ। सिक्किम विश्वविद्यालयका डिन डा. कविता लामाले आाफ्नो सम्बोधनमा विश्वका नेपालीलाई जोड्ने एउटै माध्यम भाषा रहेको बताइन्। दोस्रो दिनको पहिलो सत्रमा १० वटा अवधारना पत्र प्रस्तुतिको कार्यक्रम थियो। डा. लामाले विश्व साहित्यमा नेपाली साहित्यबारे आफ्नो अवधारना पत्र पेश गरेकी थिइन्। भारतको स्वतन्त्रता संग्राममा सहिद गोर्खाहरुबारे असमका प्राध्यापक डा.पुरुषोत्तम भण्डारीले अवधारणा पत्र पेश गरे। उनले सन् १८९१ देखि करीब एक हजार गोर्खा सैनिकले देशको निम्ति बलिदान दिएको भारतले शहीद गोर्खाहरुको उच्च कदर नगरेको बताए। डा. रेणु सोलुले नेपाली साहित्य र नारीवाद, आाशा उपाध्यायले पनि आाफ्नो अवधारणा पत्र पेश गरेकी थिइन्। डा. सत्यप्रकाश तिवारी, प्राध्यापक सुरेन्द्र केसी• डा. राम प्रसाद ज्ञवाली, डा. सत्य प्रकाश, डा. पुरुषत्तोम भण्डारी , डा रेनुका सोलु, डा. कुमार भिर सिंह, डा जितेन्द्र जिताङ्सु, डा सावित्र मल्ल र विद्यार्थी आशा उपाध्यायले पनि विचारराखे। दोस्रो सत्रमा नेपाली, हिन्दी, बङ्गाली, उर्दु र अङ्ग्रेजी भाषामामा कविहरुले रचना वाचन गरेका थिए। कविहरुमा जरिना जरिन, अमिताभ चक्रवती, अमित मुखर्जी , निरु पराजुली, राम प्रसाद ज्ञवाली, रेनुका सोलु, अशेष मल्ल, भवानी अधिकारी, धनराज थापा, दिव्या गिरी, रवि रोदन, दीपा राई निशा धमाला, रावल पुष्प, सुकराज दियाली, बिलोक शर्मा, अाशा उपाध्याय, गोपाल बुडाथोकी, राजु पाठक, शमशेर अली, संजीव गुरुङ, विमर्श गुरुङ थिए।










