गेजिङ: पश्चिम सिक्किम गेजिङ जिल्ला अन्तर्गत गेजिङ बर्मेक निर्वाचन क्षेत्रको लोवर बर्फोक चन्दाबुङमा आज सिक्किम सरकारका कृषि,बागवानी,पशुपालन तथा श्रम विभागका मन्त्री तथा क्षेत्र विधायक लोकनाथ शर्माको बाहुलीबाट हिमार्तम ग्रामीण हाट घरको शिलान्यास गरियो। यस कार्यक्रममा रिञ्चेपोङ निर्वाचन क्षेत्रका विधायक के. एस. लेप्चा, सिक्किम राज्य बैंकका अध्यक्ष डी. बी.गुरूङ, पशुपालन विभागका सल्लाहकार दुर्गाप्रसाद प्रधान, मुख्य मन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, रंगीत नगर अध्यक्ष राम कुमार छेत्री नाभाडका महाप्रबन्धक, कृषि विज्ञान केन्द्रका अधिकारी एवं स्थानीय नागरिकहरूकाे उपस्थिति रहेको थियो। मन्त्री शर्माले नयाँ ग्राम प्रशासन केन्द्र नजुर बर्फाक स्थापना गरिदिएकोमा मुख्य मन्त्री प्रेमसिहं तामाङलाई धन्यवाद दिए। वर्तमान सरकारले श्रमजीवीहरूको निम्ति ठूलो काम गरिदिएको छ जो न्यूनतम ज्याला १५ हजार तनखा दिने घोषणा गरिसकेको बताएष ग्राम प्रशासन केन्द्रले स्थानीय नागरिकहरूलाई सहयोग पुग्ने जनाए। आगामी दिनमा स्वास्थ्य, शिक्षा, कृषि, बागवानी, पशुपालन, पर्यटन लगायत यस चन्दाबुङमा क्रान्तिकारी बजारको परियाेजना तयार भइरहेको छ भने यसकाे पनि शीघ्र सरकारमा अनुमाेदन हुने थप बताए। उनले अझ भने यस स्थानमा श्रम मन्त्रालय भारत सरकारद्वारा एक सय पलङ अस्पताल पनि बनाउने याेजना रहेको जानकारी गराए।यस ग्राम पञ्चायतवाट राष्ट्रिय राजमार्ग निर्वाचन क्षेत्रकाे सबै ग्राम पञ्चायत हुदै गेजिङ पुग्दै छ भने अब लेक्शेप देखि पेलिङ सम्म पनि राष्ट्रिय राजमार्ग निर्माणकाे निम्ति केन्द्र सरकारवाट पत्रचार भइरहेको जानकारी दिए। उनले तीन वर्षको सरकारले गरेको यस निर्वाचन क्षेत्रकाे सामाजिक विकास वारे जानकारी दिदै कृषि क्षेत्रमा अनेकौं याेजनाहरू सरकारले दिएको छ भने त्यसको फाइदा ग्रामीण जनताले लिन सक्नुपर्ने सुझाव राखे। सरकारले विभिन्न प्रकाेष्ठ गठन गरि सबै तहवाट सयाेग गर्ने काम निरन्तर रूपमा गरिरहेकाे छ भने वर्तमान सरकार जनताको पक्षमा निर्भीक र निष्ठावन भएर खडा रहेको जनाए।










