खरसाङ: राष्ट्रिय राजमार्ग ११० लाई राष्ट्रिय राजमार्ग पूर्वाधार विकास लिमिटेड (एनएचआईडीसीएल) मा हालिएको विषयलाई आज सुकनादेखि दार्जिलिङसम्मको ठेकेदार संगठनहरुलाई लिएर एक सभा खरसाङको गिद्ध पहाडमा सम्पन्न भएको छ। उक्त सभा शरण देवानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा राष्ट्रिय राजमार्ग ११० लाई राष्ट्रिय राजमार्ग पूर्वाधार विकास लिमिटेड (एनएचआईडीसीएल) मा हालिएको कारणले ठेकेदारहरुमा आपद आई परेको किनभने यहीबाट परिवारको चुल्हा चल्ने गरेको भन्दै यसको लागि संगठन बनाएर कार्य गरिने भएको छ।

यसको लागि सभामा दार्जिलिङ मोडदेखि दार्जिलिङसम्मका ठेकेदारहरुलाई लिएर एउटा को-अर्डिनेशन कमिटी गठन गरिएको छ। उक्त कमिटीको को-अर्डिनेटरको रुपमा शरण देवानलाई चयन गरिएको छ। अब उक्त को-अर्डिनेशन कमिटीले ठेकेदारहरुको लागि कार्य गर्दै यस विषयमा सांसद राजु विष्ट र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई भेटेर ज्ञापन पत्र बुझाउने भएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नवनियुक्त को-अर्किनेटर शरण देवान लगायत अन्यले विस्तृत रुपमा जानकारी गराएका छन्।