सुदन गुरूङमाथि हमलाको विरोध र दोषीलाई पक्राउ गर्नुपर्ने मागसहित दार्जीलिङमा शान्ति जुलुस

IMG-20250510-WA0189

दार्जीलिङ: सामाजिक कार्यकर्ता सुदन गुरूङमाथि बिहीवार भएको हमलाको विरोध र दोषीलाई शीघ्र पक्राउ गर्नुपर्ने मागसहित दार्जीलिङमा शनिबार एक वृहत शान्ति जुलुस निकालिएको छ। नागरिक सुरक्षाको प्रश्न उठाउँदै आयोजित उक्त जुलुसमा विभिन्न अराजनैतिक संघ संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए। शिक्षक नियुक्तिसँग सम्बन्धित विचाराधीन मुद्दाबीच यस्तो घटना हुनु अत्यन्तै निन्दनीय रहेको उल्लेख गर्दै मिडिया सम्बोधनमा संघ संस्थाका प्रतिनिधिहरुले यसलाई सचेत नागरिकको आवाज दबाउने घृणित प्रयासको संज्ञा दिए। उनीहरुले यस्तो घटनाले दार्जीलिङको छवि पर्यटकबीच पनि नकारात्मक रूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन्।

About Author

Advertisement