सिक्किम विश्वविद्यालयमा पाँच दिवसीय राष्ट्रीय अनुवाद कार्यशाला शुरू

IMG_20220912_224429.jpg

गान्तोक: तादोङ मेट्रोस्थित पर्यटन विभागको प्रेक्षागृहमा आजदेखि पाँच दिवसीय राष्ट्रीय अनुवाद कार्याशाला शुरू भयो। सिक्किम विश्वविद्यालयको अंग्रेजी विभागको पहलमा आयोजित यस उदघाटन कार्यक्रममा राज्यका राज्यपाल गंगा प्रसाद मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा सोही विश्वविद्यालयका उपकूलपति अभिनाष खरे लगायत विभिन्न क्षेत्रबाट आएका साहित्यकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल गंगा प्रसादले सर्वप्रथम यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा अंग्रेजी विभागका अधिकारीवर्गलाई धन्यवाद दिँदै यस कार्यक्रमको प्रशंसा गरे। उनले आफ्नो सम्बोधनमा लामो समयदेखि पर्खाईमा रहेको सिक्किम विश्वविद्यालयको आफ्नो याङयाङमा निर्माण गरिएको क्याम्पस तयारी भएको र आगामी १७ अक्टोबरको दिन तीनवटा विभाग सारिने जानकारी गराए। यसको निम्ति पहल गर्ने सबै सम्वन्धित निकायका अधिकारीहरूलाई उनले धन्यवाद दिए। अब यस विश्वविद्यालयका सबै विद्यार्थीहरूले शीघ्र आफ्नै क्याम्पसमा पढन पाउने बताए।

हाल उक्त विश्वविद्यालयको निर्माण कार्य युद्धस्तरमा चलिरहेको हुनाले सबै विभाग नै निकट भविष्यमा याङयाङको क्याम्पसमा सारिने जानकारी गराए। आगामी १७ अक्टोबरको दिन लिम्बू, भोटिया र लेप्चा भाषाका विभाग त्यहाँ सारिने र यसको निम्ति सबै प्रक्रिया विस्तारै पुरा गर्दै आइरहेको अवगत गराए। उनले जानकारी गराए अनुसार भारत मात्रमा विश्वमा एउटा यस्तो देश हो जहाँको विभिन्न गाउँमा आफ्नो लोक नृत्य, लोककथा, भाषा आदि पाइने गरिन्छ। सबैले आफ्नो परम्परालाई भूल्न नहुने र यसको संरक्षण गरिनु पर्ने विषयमा राज्यपालले जोर दिए। विशेष गरेर ग्रामीण क्षेत्रमा बसोबासो गर्ने मानिसहरूले आफ्नो परम्पराको जगेडा गर्दै आइरहेको पनि उनले थप जानकरी गराए। कुनै पनि समुदायले आफ्नो परम्परा भूल्न नहुने राज्यपालले सुझाउ दिए। प्रसङ्ग फेर्दै राज्यपालले हाल देशले पालन गरिरहेको आजादी का अमृत महोत्सवको महत्वबारे पनि प्रकाश पारे।

यस अवसरमा उनले अग्रेजको दास्तवबाट मुक्ति दिलाउनको निम्ति संघर्ष, त्याग र वलिदान दिनेहरूको स्मरण पनि गरे। राज्यपालले विद्यार्थीहरूलाई इंगित गर्दै समाज, राज्य र राष्ट्र निर्माणको निम्ति योगदान पुऱ्याउनु पर्ने आग्रह पनि गरे। आजको यस कार्यक्रममा उपकूलपति अभिनाष खरेले पनि सम्बोधन गरेका थिए। आजदेखि शुरू भएको पाँच दिवसीय राष्ट्रीय अनुवाद कार्यशाला आगामी १६ सेप्टेम्बरको दिन समापन हुने भएको छ भने यस कार्यक्रम अन्तर्गत क्षेत्रिया भाषाहरूको अनुवादलाई लिएर विभिन्न व्यक्तित्वहरूले प्रशिक्षण प्रदान गर्ने भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement