मन्त्री एलबी दासले गरे १४ परिवालाई दुधालु गाई वितरण

IMG-20220912-WA0269.jpg

गान्तोक: भर्खर मात्र मन्त्रीको पदभार सम्हालेका शहरी विकास विभाग मन्त्री एलबी दासले आज दुहुना गाई वितरण गरे। मन्त्री दासले पश्चिम पाण्डाम निर्वाचन क्षेत्रका १४ परिवारलाई दुहुना गाई प्रदान गरे। राज्यको पशुपालन विभागको पहलमा चिउरीबोटे मैदानमा आयोजित एक कार्यक्रमबीच मन्त्रीले गाई प्रदान गरेका हुन्। उक्त गाई वितरणको निम्ति टिस्टा ऊर्जा लिमिटेडले सीएसआर कोष प्रदान गरेको थियो, जसको प्रयोग गर्दै मन्त्रीले स्थानीय कृषकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाई किनेर दिएका हुन्। यस अवसरमा उनले गाईको निम्ति ५ किलोग्राम चारो सहित दुध बोक्ने केन पनि उपलब्ध गराएका थिए। सोही प्रकारले लाभार्थीहरूको निम्ति १ वर्षको गाईको जीवन वीमा पनि उनले गरिदिएका छन्। गाई सोझै वितरण गर्दा पक्षपात गरेको आरोप लाग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै लाभार्थीहरूको सूची तयार गरेपछि लटरी गरिएको थियो। लटरीमा नाम उठनेहरूलाई गाई वितरण गरेपछि सबैमा खुशी भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement