तीन दिवसीय चित्रकला कार्यशालाको समापन

IMG-20220912-WA0267.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत माझीटार सरकारी उच्चतर माध्यमिक विद्यालयमा चित्रकलामाथि तीन दिवसीय कार्यशाला आयोजना गरियो। यस कार्यशालाको थिम ‘द क्रेटिभीटी स्टेशन’ रहेको थियो। गत ९ सेप्टेम्बरदेखि शुरू भएको तीन दिवसीय कार्यशालाको समापन हिजो भयो। रम्फू नगर पञ्चायतको पहलमा आयोजित कार्यक्रममा चित्र कोर्दा ध्यान दिनु पर्ने विषय र विचारबारे अनुभव आदन प्रदान गरियो।

यस अवसरमा प्रसिद्ध चित्रकार पारसमनि राई, सागर सुब्बा, दिवाकर लामिछाने, लेवन राई, शिव छेत्रीस अर्पण छेत्री र अनुपा राई रहेका थिए। कार्यक्रममा नयाँ चित्रकारहरूलाई लिएर अन्तक्रियात्मक सत्र पनि राखिएको थियो। यस अवसरमा माझीटार, डुगा, बरदाङ र रम्फू विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement