दार्जिलिङका भाजपा सांसद राजु विष्टद्वारा दार्जीलिङ अनि कालेबुङ जिल्लाहरूका लागि टेलिफोन सल्लाहकार समितिको पहिलो बैठकमा भाग लिए

IMG-20220912-WA0207.jpg

सिलगढी: दार्जिलिङका भाजपा सांसद एंव भाजपाको राष्ट्रीय प्रवक्ता राजु विष्टले आज दार्जीलिङ अनि कालेबुङ जिल्लाहरूका लागि टेलिफोन सल्लाहकार समितिको पहिलो बैठकमा भाग लिएका छन्। यो बैठक कोभिड महामारीको कारण धेरै समयको अन्तरालपछि सिलगढ़ी बीएसएनएल कार्यालयमा बसेको थियो। यस बैठकमा बीएसएनएल-का महाप्रबन्धक तथा प्रौद्योगिकी विभाग (ङीअाेटी/DoT) का उप-निदेशकको उपस्थिति थियो। अधिकारीहरूले सांसद राजु विष्टलाई जानकारी गराएअनुसार वर्तमानमा दार्जीलिङ जिल्लामा ६४,००० अनि कालेबुङ जिल्लामा २०,००० व्यक्तिहरूले बीएसएनएल मोबाइल कनेक्शनको प्रयोग गरिरहेका छन्। दार्जीलिङ जिल्लामा लगभग ३,३०० हाई स्पीड ब्रडब्याण्ड कनेक्शन उपभोक्ता छन् भने कालेबुङ जिल्लामा लगभग १,००० उपभोक्ता छन्।

सासंद विष्टले हालैमा देशको सञ्चारमन्त्री अश्विनी वैष्णवलाई अनुरोध गरेको थिएँ जसको परिणामस्वरूप विभागले टिस्टामार्फत् कालिझोड़ादेखि कालेबुङसम्म अप्टिकल फाइबर केबल बिछ्याउने काम थालेको जानकारी प्राप्त भएको छ। यसै प्रकारले खरसाङ अनि घूम हुँदै सोझै दार्जीलिङसम्म लाइन बिछ्याउने काम पनि प्रक्रिया अन्तर्गत छ जबकि पहिले यो मिरिक-सुखे पोखरी हुँदै आउने गर्दथ्यो। यसका अतिरिक्त, यस्तै अर्को लाइन झोलुङ/तोदे-ता झोलुङ/तोदे-तङ्ता इलाकामा बिछ्याइने छ। यी लाइनहरू पहिलेदेखि नै रहेका लाइनहरूका अतिरिक्त हुनेछन्। यसबाट दार्जीलिङ अनि कालेबुङ क्षेत्रमा नेटवर्क सम्पर्कतामा सुधारमा मद्दत मिल्नेछ अनि इन्टरनेट स्पीड १० गुणाभन्दा बढी तेज हुनेछ भन्ने जानकारी प्राप्त भएको छ। यसका अतिरिक्त, ङीअाेटी(DoT) ले दार्जीलिङ अनि कालेबुङ जिल्लाहरूमा ४जी (4G) टावरहरू जड़ान गर्नका लागि सर्वेक्षण गर्नेछ र यसका लागि विभिन्न समयमा जनताबाट आफुले पाएका सबै जानकारीहरू साझा गरेको सासंद राजु विष्टले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले मिरिकमा मिलिकथुङ, पोख्रेबुङमा सुम्रीपानी टपलाईन, कालेबुङमा जलढाका-बिन्दु इलाका तथा गोरुबथानमा ४५ ब्लक रोङ्गो जस्ता गाउँहरूलाई यथाशीघ्र जोड़िनु पर्ने आवश्यकतामाथि जोड़ दिएको भन्दै विभागका अधिकारीहरूले मलाई आश्वासन दिएका छन् कि उनीहरूले १९ सेप्टेम्बरदेखि नै सर्वेक्षण शुरु गर्नेछन् र यसबाट हाम्रो क्षेत्रका छुटेका सबै गाउँहरूमा राम्रो नेटवर्क सम्पर्कता पुऱ्याउनमा मद्दत मिल्नेछ भनी बताएका छन्।

सांसद राजु विष्टले भने- ‘मलाई यहाँ यो कुरो साझा गर्दा खुशी लागिरहेको छ कि दार्जीलिह अनि कालेबुङ जिल्लाहरूका हाम्रा बीएसएनएल चांडै ४जी(4G) कनेक्शन अनि ब्रडब्याण्ड स्पीडको लाभ पनि उठाउन पाउनेछन् जहाँ पहिले ३जी(3G) स्पीड मात्रै थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले पहिलेका सरकारहरूद्वारा अन्तर्राष्ट्रीय सिमानाबाट ५०० मीटरको परिधिमा नेटवर्क नदिन थोपरिएको आदेशलाई उल्ट्याउनुभएको छ। यसबाट हाम्रो दार्जीलिङ, तराई अनि डुवर्सका सिमाना क्षेत्रहरूलाई ठूलो फाइदा पुग्नेछ र यहाँका निवासीहरूले उत्कृष्ट नेटवर्क र सम्पर्कताको आनन्द चाँड़ै नै लिन पाउने छन्। यसबाट हरेक नागरिकसम्म कार्यकुशल, न्यून लागतको सेवा पुऱ्याउने, अनि राष्ट्रभर हरेक गाउँलाई हाई स्पीड इन्टरनेट र मोबाइल सम्पर्कतासित जोड़ेर “डिजिटल भारत” सम्भव बनाउने प्रधानमन्त्री मोदीज्यूको परिकल्पनालाई साकार पार्नमा मद्दत पाइने छ।’

बीएसएनएल-माथि रक्षा, रेलवे तथा अन्य प्रतिष्ठानहरूसमेत लगभग सबै सरकारी कार्यालयहरूको उच्च स्तरको विश्वास रहेको छ। उनीहरू आफ्नो दैनिक नेटवर्क र सम्पर्कता आवश्यकताहरू निम्ति बीएसएनएल-माथि भरोसा गर्दछ्न किनकि यो देशमा सबैभन्दा सुरक्षित नेटवर्क हो। एक कम्पनीको रूपमा बीएसएनएल-लाई मजबूती प्रदान गर्नु हाम्रो राष्ट्रको हितमा छ, जो जनतालाई उत्कृष्ट सेवा प्रदान गर्न सक्षम हुनेछ।

दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताको तर्फबाट सांसद राजु विष्टले प्रधानमन्त्री मोदी तथा सञ्चारमन्त्री अश्विनी वैष्णवलाई हाम्रो क्षेत्रमा उत्कृष्ट सम्पर्कता सुनिश्चित गर्न ठोस पाइलाहरू चालेकोमा धन्यवाद ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement