जबसम्म जीटीए एक्टमाथि संसोधन हुँदैन तबसम्म तीन स्तरीय पञ्चायत चुनाव जीटीएमा हुनु सक्दैन: अनित थापा

IMG-20220912-WA0217.jpg

कालेबुङ: कालेबुङ जिल्ला अन्तर्गत लोले सम्पु उच्चतर माध्यमिक विद्यालय भवन अनि दोङ खोला साँघुको उदघाटन समारोहमा भाग लिन पुगेका जीटीए प्रमुख अनित थापाले पत्रकारहरुसंगको संवादमा पञ्चायत चुनावमाथि बोल्दै भने, “जीटीए क्षेत्रमा तीन स्तरीय पञ्चायत चुनाव हुनुपर्छ र यो बीजीपिएमको पनि मांग यही हो। यो विषय सरकारसंग वकालत पनि गर्दैछौं तर सरकारले तीन स्तरीय चुनाव नगराईन्जेल दुई स्तरीय नै भए पनि हामी चुनाव चाहन्छौं। जे पाउँदैछौ त्यो लिदै गर्नुपर्छ। गाउँ अनि कमानमा गएर कसैलाई पनि सोध्नुहोस, सबैजना चुनाव हुनेछ भनी खुशी छन्।”
उनले भने, ” दुई जिल्लामाथि जीटीए व्यवस्था छ। व्यवस्था एक्ट अनि सम्झौतामाथि बनिएको हो। जबसम्म जीटीए एक्टमाथि संसोधन हुँदैन तबसम्म तीन स्तरीय पञ्चायत चुनाव जीटीएमा हुनु सक्दैन।”
मेरो मिशन नै प्राथमिक शिक्षा हो भने। उनले सरकारसंग नै मिलेर काम गर्ने आफू कटिबद्ध रहेको बताउँदै भने, “पहाड अव्यवस्थित छ। यसलाई व्यवस्थित बनाउनु छ। विगत दिनमा हामी सरकार संग झगडा मात्र गरेर काम गर्यौ। अब सरकार संग मिलेर काम गर्दा के हुन्छ त्यो अनुभव पनि बटुल्नु छ। मिलेर काम गर्नु मेरो निम्ति मात्र होइन सरकारको निम्ति पनि चुनौती नै हो। मिलेर काम गर्छु भन्ने नेताले चुनाव जितेको छ। हेरौ सरकारले हामीलाई कति सहयोग गर्नेछ।”

About Author

Advertisement