तीनधारेको कवि मिलन प्रधान साहित्य अकादमीद्वारा आयोजित पूर्वाञ्चल क्षेत्रीय लेखक मिटमा भाग लिन कोलकोता जाने

IMG-20220912-WA0206.jpg

खरसाङ: साहित्य अकादमीको आयोजनामा सम्पन्न हुने पूर्वाञ्जल क्षेत्रीय लेखक मिटमा भाग लिनलाई तीनधारेको कवि मिलन प्रधान कोलकोता जाने भएको छ। साहित्य अकादमीको आयोजनामा आगामी १७ र १८ सेप्टेम्बरको दिन कोलकोतामा हुने पूर्वाञ्चल क्षेत्रीय लेखक मिटमा नेपाली भाषाको प्रतिनिधित्व गर्दै कवि मिलन प्रधान आफ्नो कविताहरू सुनाउन जाने भएको छ। तीनधारेको नयाँ कमान निवासी कवि मिलन प्रधानले कोलकोताको साहित्य अकादमी अडोटोरियमा हुने पूर्वाञ्चल क्षेत्रीय लेखक मिट अन्तर्गत १८ सेप्टेम्बरको दिन अपरान्हमा हुने कार्यक्रममा आफ्नो सहभागिता जनाउने भएको छ। कवि मिलन प्रधानले कविता सुनाउने सत्र मदन मोहन सेरेनको अध्यक्षतामा सम्पन्न हुने भएको छ। नेपाली भाषामा कवि मिलन प्रधानसितै बंगाला भाषामा विभास रोय चौधरी, अंग्रेजीमा सुफिया खातुन, मणीपुरीमा रञ्जिता सरकार र नेपालीमा कवि मिलन प्रधानले आफ्नो कविताहरू सुनाउने जानकारी प्राप्त भएको छ। तीनधारेको नयाँ कमान निवासी कवि प्रधानले धेरै लामो समयदेखि कविता लेखिरहेका छन्। उनको कविता संग्रह ‘ब्रेकिङ न्युजमा गाउँ’ प्रकाशित छन् भने उनले धेरै पत्र पत्रिकातिर कविताहरू प्रकाशित गरिरसकेका छन्। उनी गाउँ र चियाबारीलाई माया गरेर कविताहरू लगातार रूपमा लेखिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement