गेजिङ: गेजिङ जिल्लाको ३६ बीएन एसएसबीका कमाण्डेन्टको निर्देशनमा उत्तरेको सरस्वती एकेडेमीमा बेटी बचाऔं बेटी पढाऔं र से नो टु ड्रग्सबारे सफलतापूर्वक सचेतना कार्यक्रम आयोजना गरियो।
यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य विद्यार्थीहरूमा लैङ्गिक समानता साथै नशालु पदार्थमुक्त जीवनशैलीबारे सचेत गराउनु रहेको थियो।
कार्यक्रममा बेटी बचाऔ बेटी पढाऔं, नशामुक्ति साथै स्वास्थ्य जीवन एक पहलमाथि निबन्ध प्रतियोगिताको पनि आयोजना गरिएको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरूले सक्रिय रूपमा भाग लिएका थिए। विद्यार्थीहरूलाई केवल सृजनाशील कार्यमा मात्र ध्यान नदिएर सामाजिक विषयमाथि उनीहरूलाई सचेत गराउने पहल गरिएको थियो।
निबन्ध प्रतियोगितामा प्रत्येक विदामा तीन उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरियो। कार्यक्रममा एसिस्टेन्ट कमाण्डेन्ट निरज कुमार मिश्राले आफ्नो सम्बोधनमा विशेष गरेर शिक्षाको माध्यमद्वारा बालिकाहरूको सशक्तिकरण, स्वास्थ्य र नशालु पदार्थमुक्त जीवनशैलीको महत्वमाथि प्रकाश पारे।