सेपी कुमुकमा साकेला उभौली महोत्सव आरम्भ

IMG-20250421-WA0347

गेजिङ: गेजिङ जिल्लाको मानेबुङ देन्ताम निर्वाचन क्षेत्रअन्तर्गत सोपाखा ग्राम पञ्चायत इकाईको सेपी कुमुकस्थित खेल मैदानमा सेपी कुमुक युवा सङ्घको आयोजनामा दस दिवसीय साकेला उभौली महोत्सव २०२५ आजदेखि आरम्भ भयो। राई समुदायको परम्परागत संस्कार र सांस्कृतिक मूल्यहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सव आगामी ३० अप्रेलसम्म चल्नेछ।
उत्सवको उद्घाटन समारोहमा स्थानीय एक अवकाशप्राप्त प्रधानअध्यापक भगिसोर लिम्बू मुख्य अतिथि रहेका थिए भने स्थानीय पञ्चायतहरूको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रमअवधि माङ्गपाहरूद्वारा प्रकृति पूजा सम्पन्न गरिएको थियो। सांस्कृतिक कार्यक्रमअन्तर्गत विविध नृत्य प्रस्तुतिहरू साथै फुटबल खेल पनि आयोजना गरिएको थियो।
मुख्य अतिथि लिम्बूले कार्यक्रमलाई सम्बोधन गर्दै सबै जाति समुदायले आ-आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नुपर्ने कुरामा जोर दिए।
यस महोत्सवमा आगामी दिनहरूमा पनि विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू आयोजना गरिने आयोजक पक्षोले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement