जुविनायल पुलिस. यूनिट ऐनमाथि प्रशिक्षण कार्यक्रम आयोजित

IMG-20250421-WA0345

सोरेङ: सोरेङ जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा आज जुविनायल पुलिस यूनिटलाई लिएर प्रशिक्षण कार्यक्रम सञ्चालन गरियो। अतिरिक्त जिल्लापाल डीआर विष्टको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रम आयोजनको मुख्य उद्देश्य जुविनायल पुलिस यूनिटका अधिकारीहरूलाई जुविनायल केयर प्रोटेक्सन अफ् चिल्ड्रेन ऐन २०१५, एनडीपीएस ऐन १९८५, लगायत सुर्तीजन्य पदार्थ ऐन २००३ र सिक्किम एन्टी ड्रग्स एक्ट (साडा) बारेमा जानकारी गराउनु रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल डीआर विष्टले प्रशिक्षण कार्यक्रम आयोजनबारे प्रकास पार्दै न्याय प्रक्रियालाई मजबुत बनाउन यसलले प्रभावी लाभ दिने उल्लेख गरे। उनले जुविनायल पुलिस यूनिट गठनबारे जानकारी गराउँदै यसको स्थापना गत २५ जनवरी २०२५ मा भएको बताए। उनले कार्यक्रमको महत्वबारे जानकारी गराउँदै जुविनायलहरूसँग सहीरूपमा संवाद गर्न पुलिस अधिकारीहरूलाई सक्षम बनाउने प्रशासनको पहल रहेको बताए। आजको कार्यक्रममा उपस्थित पुलिस अधिकारीहरूलाई प्रशिक्षणबाट लाभ लिने आग्रह गर्दै अतिरिक्त जिल्लापालले सिकेका ज्ञानलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्नुपर्ने आग्रह गरे। यस क्रममा अधिवक्ता एवं स्रोतवक्ता नेहा दुदानीले जुविनायल जस्टिस ऐन र सिग्रेट लगायत तम्बाकु जन्य अन्य उत्पादित ऐन कोप्टा २००३ माथि प्रकाश पारिन्। उनले बाल न्याय ऐनको ऐतिहासिक पृष्ठभूमि, प्रमुख परिभाषा र उद्देश्यबारेमा विस्तृतरूपमा जानकारी गराइन्। यो ऐन कार्यान्वयन गर्नमा देखापरेको विभिन्न प्रकारका चुनौतीहरूबारे पनि जानकारी गराइन्। यस ऐनलाई कार्यान्वयन र सुदृढ गर्न व्यावहारिक पक्षबारे सुझाउ प्रस्तुत गरिन्। यसका साथै उनले (कोप्टा) अर्थात सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न र जनस्वास्थ्यको संरक्षणमा ऐनको महत्वपूर्ण भूमिकामाथि प्रकाश पारिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement