गान्तोक: आसमकी २० वर्षीया आत्म रक्षक प्रशिक्षिका अस्मिता पलले आज राज्यका राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा भेट गरिन्। पल एक आत्मरक्षक प्रशिक्षिकासँगै सोलो बाइक राइडर्स पनि हुन्। बेटी बचाओ बेटी बढाओ अभियानको दशौं वर्षगाँठको अवसरमा देशबासीलाई यसबारेमा अवगत साथै सचेत गराउनको निम्ति बाइक यात्राद्वारा सन्देश दिन सिक्किम आइपुगेकी हुन्। भेटको क्रममा राज्यपालले विभिन्न विद्यालय र महाविद्यालयका छात्रा-छात्रहरूलाई यसबारेमा सचेत गराउने पहलको प्रशंसा गरे। राज्यपालले यस प्रकारको पहलले भविष्यमा अन्यलाई प्रेरित गर्ने विचार व्यक्त गर्दै शुभकामना दिए।