सोनादामा दुई दिवसीय पुलिस पब्लिक फ्रेण्डशीप भेटरेन फुटबल टुर्नामेन्ट सम्पन्न

IMG-20250421-WA0268

सोनादा: सोनादा पुलिस आउट पोष्ट अनि सोनादा ट्राफिक पुलिस गार्डको आयोजनामा दुई दिवसीय पुलिस पब्लिक फ्रेण्डशीप भेटरेन फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ। उक्त फुटबल टुर्नामेन्ट भालुटार खेल मैदानमा सम्पन्न भएको छ। 40 वर्ष माथिका वयस्कहरूलाई लिएर सम्पन्न भएको यस फुटबल टुर्नामेन्टमा ४० वर्षभन्दा माथिकाहरूले निकै उत्साहजनक भाग लिएको जानकारी प्राप्त भएको छ। उक्त पुलिस पब्लिक फ्रेण्डशीप भेटरेन फुटबल टुर्नामेन्टमा जम्मा १० वटा टिमहरुले भाग लिएका‌ थिए‌। यस फुटबल टुर्नामेन्टको फाइनल खेल भूतपूर्व सैनिक सोनादा र सोनादा भेटरेन रेडमाझ सम्पन्न भएको थियो। यस फाइनल खेल भूतपूर्व सैनिक सोनादाले ३-१ को अन्तरले जित्न सफल बनेको छ। यस फाइनल खेलमा सोनादा भूतपूर्व सैनिकबाट रोशन सुब्बा म्यान अफ् द म्याच चयन भएका छन्‌। यस फाइल खेलमा मुख्य अतिथिको रुपमा प्रेमेस भोटिया उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरुमा जोरबंगलो थानाको ओसी निरज राई, सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरी, सोनादा ट्राफिक गार्डको प्रभारी सबिन दर्नाल, एएसआई आनन्द प्रधान उपस्थित रहेका थिए। यस फुटबल टुर्नामेन्टको फाइनलमा विजेता र उपविजेता टिमलाई ट्रफीससहित नगदराशि पनि प्रदान गरिएको छ। यस फुटबल टुर्नामेन्टमा ट्रक एसोसिएसन, होली क्रस विद्यार्थी चालक एसोसिएसन, बालासन रिङ्गटन, मार्गरेट्स होप ट्याक्सी सेन्डीकेट्स र सोनादा रंगबुल ट्यांक्सी एसोसिएसन आदिले सहभागिता जनाएका थिए। उक्त पुलिस पब्लिक फ्रेण्डशीप भेटरेन फुटबल टुर्नामेन्ट विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सोनादा पुलिस आउट पोष्टको प्रभारी योगेस ठकुरी, सोनादा ट्राफिक गार्डको प्रभारी सबिन दर्नालले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले बताए अनुसार वर्तमान समय अनुसार मोबाइल, कम्प्युटर जस्ता तक्निकी विषयहरूमा अवश्य ज्ञान र जानकारी राख्नुपर्छ तर शारीरिक र मानसिक रूपमा पनि हामी सही हुनपर्छ भन्ने सन्देश दिँदै खेलिएको यस खेलले आजको युवा पिँढीलाई अवश्य राम्रो सन्देश जान सक्छ। विगतमा मोबाइल र कम्प्युटर जस्ता संसाधन नहुँदा पनि युवाहरू शिक्षित थिए, प्रखर विद्वान, अङ्ग्रेजी, विज्ञान, हिसाबका उच्चकोटीका ज्ञाताहरू बने। नेपाली साहित्यमा त झन् वरिष्ठ व्यक्तित्वहरू जन्माए। संस्कार संस्कृतिको सम्मान गर्न जाने। कारण त्यसताका उनीहरू घरभित्र बसेर दिन बिताएनन्।

घरमा पाहुना आउँदासमेत थाहै नहुने गरेर मोबाइलमा अल्झेनन्। उनीहरू शारीरिक र मानसिकरूपमा स्वास्थ थिए। यसैले आजका युवाहरू पनि चाहिए जति मात्र मोबाइल र कम्प्युटरमा भुलेर बाँकी समय आफ्नो शरीर र मानसिक तनावदेखि मुक्त हुन यस्ता खेलहरू खेेल्न अति आवश्यक छ। यही सन्देश युवाहरूमा दिन यस फुटबल खेल प्रतियोगिताको आयोजना गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement