जीटीएबाट सोनादा प्राथमिक स्वास्थ केन्द्रलाई १० वटा बेड, फ्रिज, वासिङ म्यासिन आदि प्रदान

IMG-20250421-WA0264

सोनादा: आज सोनादा प्राथमिक स्वास्थ केन्द्रमा। जीटीएको डेपुटी चेयरम्यान एंव स्वास्थ्य विभागको प्रभारी राजेस चौहानको पहलमा १० वटा बेड, फ्रिज, वासिङ म्यासिन आदि प्रदान गरिएको छ। गत केही दिन अघाडी मात्र फिफ्टिन फाईनेसमार्फत् अप्पर सोनादा ग्राम पञ्चायतको पहलमा ल्याइएको ल्यापको पनि डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट उदघाटन गरिएको थियो। यसावधि उनले सोनादा प्राथमिक स्वास्थ केन्द्रको निरीक्षण भ्रमण पनि गरेका थिए।‌ उनले सोनादा प्राथमिक स्वास्थ केन्द्रलाई मरमत्ति गरेर अपग्रेड गर्न कार्य गरिने भएको छ भने मरमत्तिको कार्य चाढै शुरु गरिने भएको छ।
डेपुटी चेयरम्यान राजेस चौहानको सहयोगमा सोनादा प्राथमिक स्वास्थ केन्द्रमा १० वटा बेड, फ्रिज, वासिङ म्यासिन प्रदान गरिएकोमा अप्पर सोनादा ग्राम पञ्चायतको पञ्चायत प्रधान दावा तामाङ र उप प्रधान हेमन्त गुरुङले‌ पत्रकारहरुसित कुराकानी गर्दै धन्यवाद ज्ञापन गरेका छन्। अप्पर सोनादा ग्राम पञ्चायतको पञ्चायत प्रधान दावा तामाङले जीटीएबाट सोनादा प्राथमिक स्वास्थ केन्द्रलाई १० वटा बेड, फ्रिज, वासिङ म्यासिन प्रदान गरिएकोमा सम्पूर्ण सोनादावासीको तर्फबाट आभार प्रकट गरेका छन्। उनले सोनादा वरिपरिबाट चियाबारी क्षेत्रले घेरेको ठाउँ रहेको र अप्पर सोनादा ग्राम पञ्चायत मात्रै नभएर सोनादा क्षेत्र वरिपरि पाँचवटा ग्राम पञ्चायतहरु रहेकोले सोनादा प्राथमिक स्वास्थ केन्द्रलाई १० वटा बेडबाट ५० वटा बेड भएको केन्द्र बनाउन पहल गरिने बताएका छन्‌। उनले जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले आफ्नो पदभार पाएपछि सोनादा प्राथमिक स्वास्थ केन्द्र राम्रो भएर गएको तथा भविष्यमा पनि सोनादा प्राथमिक स्वास्थ केन्द्रको अझ उन्नति भएर जाने कुरामा आशावादी रहेको पनि बताएका छन्‌।

About Author

Advertisement