भेटरन्स फूटबल टुर्नामेण्टः डागापुर मर्निंग भेटरन्स च्याम्पियन

IMG-20250421-WA0262

सिलगढ़ी: सिलगढ़ी भेटरन प्लेयर्स एसोसिएशनको आयोजनमा सम्पन्न तीनदिने भेटरन्स फूटबल टुर्नामेण्टमा मर्निंग डागापुर भेटरन्स च्याम्पियन भयो। कञ्चनजंघा स्टेडियममा आइतवार भएको फाइनलमा डागापुर मर्निंग भेटरन्सले जलपाइगढ़ी भेटरन्सविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको थियो। च्याम्पियन र रनरअप टीमलाई आकर्षक ट्रफी र अन्य पुरस्कारहरू प्रदान गरियो। डागापुर मर्निंग भेटरन्सका दीप घिमिरेले प्लेयर अव् द म्याच र जी. सिंहले हाईएस्ट स्कोररको पुरस्कार जिते। यसरी जलपाइगढ़ी भेटरन्सका सुशान्त रोयले प्लेयर अव् द टुर्नामेण्टको ट्रफी हासिल गरे। कालेबुङ भेटरन्सका मनोज राईले बेस्ट गोलकीपरको पुरस्कार हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement