बीसीसीआईको केन्द्रीय अनुबन्धमा फर्किन सफल अय्यर र ईशान

IMG-20250421-WA0223

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले साल २०२४-२५-को निम्ति खेलाड़ीहरूका वार्षिक केन्द्रीय अनुबन्धको सूची जारी गऱ्यो। केन्द्रीय अनुबन्धमा जम्मा ३४ जना खेलाड़ीहरूले स्थान पाएका छन्। चारजना खेलाड़ीले ग्रेड ए+ मा स्थान पाएका छन्। यसरी ६ जना खेलाड़ी ग्रेड ए-मा छन्। यसबाहेक ग्रेड बी-मा ५ जना र ग्रेड सी-मा १९ जना खेलाड़ी रहेका छन्। गत वर्ष केन्द्रीय अनुबन्धमा स्थान नपाउने ईशान किशन र श्रेयस अय्यर यसपाली फर्किएका छन्। यसरी नितिश कुमार रेड्डी, हर्षित राणा, अभिषेक शर्मा, वरुण चक्रवर्ती, ध्रुव जुरेल, सरफराज खान र आकाश दीपले पहिलोपल्ट बीसीसीआईको केन्द्रीय अनुबन्धमा स्थान पाएका छन्। यी सबै ग्रेड सी-मा रहेका छन्। यसबीच विकेटकीपर ब्याटर रिषभ पन्तलाई चाहिँ फाइदा भएको छ अनि उनी ग्रेड बी-बाट अघि बढ़ेर ग्रेड ए-मा पुगेका छन्।
टी२० इण्टरनेशनल प्रारूपबाट सन्न्यास लिइसकेका रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाको साथमा पेस बलर जसप्रीत बुमराह ग्रेड ए+ मा कायम रहेका छन्। रोहित, कोहली र जडेजा अझ केही समयको निम्ति बीसीसीआईको योजनाहरूमा रहेका छन्। शीर्ष ग्रेडबाट एकमात्र रविचन्द्रन अश्विन बाहिर भएका छन्, जसले इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिइसकेका छन्। बीसीसीआई-को निर्देशपछि पनि घरेलु क्रिकेटमा हिस्सा नलिँदा ईशान र श्रेयसले २०२३-२४-को निम्ति जारी केन्द्रीय अनुबन्धमा स्थान पाएका थिएनन्। आफ्नो गल्ती सुधार गरेपछि यी दुईजनाले यसपाली अनुबन्धमा स्थान पाएका छन्। ईशानलाई ग्रेड सी र श्रेयसलाई ग्रेड बी-मा राखिएको छ। ग्रेड ए-मा स्टार अलराउण्डर हार्दिक पाण्ड्याको साथमा मोहम्मद शमी र केएल राहुललाई पनि स्थान प्राप्त भएको छ। यसरी भारतीय टी२० टीमका कप्तान सूर्यकुमार यादव र स्टार ब्याटर यशस्वी जयसवाल ग्रेड बी-मा रहेका छन्। यो अनुबन्ध एक अक्टोबर २०२४-देखि ३० सेप्टेम्बर २०२५-सम्मको निम्ति रहनेछ। बीसीसीआई-ले केन्द्रीय अनुबन्धको निम्ति खेलाड़ीहरूलाई प्राप्त हुने रकमको आधिकारिक घोषणा गरेको छैन तर सूत्रबाट थाहालागे अनुसार ग्रेड ए+ मा रहने खेलाड़ीहरूलाई ७ करोड़ रुपियाँको वेतन प्राप्त हुनेछ। यसरी ग्रेड ए-को निम्ति ५ करोड़, ग्रेड बी-को निम्ति ३ करोड़ र ग्रेड सी-को निम्ति एक करोड़ रुपियाँ गरेर रहनेछ।
बीसीसीआई-को केन्द्रीय अनुबन्ध सूची यसप्रकार छः
ग्रेड ए: रोहित शर्मा, विराट कोहली, रविन्द्र जडेजा, जसप्रीत बुमराह ग्रेड ए मोहम्मद सिराज, केएल राहुल, शुभमन गिल, हार्दिक पाण्ड्या, मोहम्मद शमी, रिषभ पन्त ग्रेड बी: सूर्यकुमार यादव, कुलदीप यादव, अक्षर पटेल, यशस्वी जयसवाल, श्रेयस अय्यर
ग्रेड सी: रिंकू सिंह, तिलक वर्मा, रुतुराज गायकवाड़, शिवम दुबे, रवि बिश्नोई, वाशिंगटन सुन्दर, मुकेश कुमार, सञ्जु सेमसन, अर्शदीप सिंह, प्रसिद्ध कृष्णा, रजत पाटीदार, ध्रुव जुरेल, सरफराज खान, नितिश कुमार रेड्डी, ईशान किशन, अभिषक शर्मा, आकाश दीप, वरुण चक्रवर्ती, हर्षित राणा।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement