मुम्बई: आईपीएलको इतिहासमा सर्वाधिक रन बनाउनेहरूका सूचीमा रोयल च्यालेञ्जर्स बेंगलुरुका स्टार ब्याटर विराट कोहली ८३२६ रनको साथ पहिलो स्थानमा छन्। यस सूचीमा मुम्बई इण्डियन्सका पूर्व कप्तान रोहित शर्मा यसपाली दोस्रो स्थानमा पुगेका छन्। चेन्नई सुपर किंग्सविरुद्ध आइतवार राति वानखेड़े स्टेडियममा खेलिएको म्याचमा रोहितले अविजि ७३ रन बनाए। यसको साथै आईपीएलमा उनको रन ६७८६ पुग्यो। यसरी रोहितले शिखर धवनको रेकर्ड तोड़े। धवनले आफ्नो आईपीएल करियरमा ६७६९ रन बनाएका थिए। आईपीएलमा सर्वाधिक रन बनाउने मामिलामा अष्ट्रेलियाका डेविड वार्नर ६५६५ रनको साथ चौथो स्थानमा छन्। यसरी चेन्नई सुपर किंग्सका पूर्व क्रिकेटर सुरेश रैना ५५२८ रनको साथ पाँचौं स्थानमा छन्। कोहलीको निरन्तरता र रन बनाउने क्षमताले उनलाई आईपीएल इतिहासका सबैभन्दा सफल ब्याटरहरूमा एक बनाएको छ। रोहित शर्मा आईपीएलमा सर्वाधिकपल्ट प्लेयर अव् द म्याच-को पुरस्कार जित्ने खेलाड़ीहरूका सूचीमा पनि तेस्रो स्थानमा पुगेका छन्। उनले जम्मा २० पल्ट यो पुरस्कार जितिसकेका छन्। यस सूचीमा दक्षिण अफ्रिकाका एबी डीभिलियर्स शीर्ष स्थानमा छन्, जसले २५ पल्ट प्लेयर अव् द म्याच पुरस्कार जितेका थिए। यसरी वेष्ट इण्डिजका विध्वंशी ब्याटर क्रिस गेल (२२ पल्ट) दोस्रो स्थानमा छन्। रोयल च्यालेञ्जर्स बेंगलुरुका कोहलीले १९ पल्ट पुरस्कार जितिसकेका छन्। यसरी अष्ट्रेलियाका डेविड वार्नर र चेन्नई सुपर किंग्सका कप्तान एमएस धोनीले १८-१८ पल्ट पुरस्कार जितेका छन्।