गान्तोक: खाद्य एवं नागरिक आपूर्ति विभागका सचिव अनिलराज राईले मंगन जिल्लाको विभिन्न स्थानमा खाद्य भण्डारणको निरीक्षण गरे। सचिव राईले बर्खा मौसम अघि मंगन जिल्लाको दुर्गम क्षेत्रमा खाद्य भण्डारणबारे जानकारी लिने उद्देश्यले निरीक्षण गरेका हुन्। निरीक्षणको क्रममा सचिव राईसँग अतिरिक्त सचिक डिकी डोमा भोटिया लगायत सम्वन्धित विभागका अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। यस अवसरमा सचिव राईले मंगन जिल्लाको खाद्य भण्डारको साथै मरम्मति कार्यहरूको निरीक्षण गर्दै खाद्य भण्डारद्वारा सार्वजनिक वितरण प्रणालीको स्थितिबारे पनि जायजा लिएका थिए। सचिवले खाद्य भण्डारण र डीसीएसओ कार्यालय मंगनका अधिकारीहरूसँग अन्तक्रिया पनि गरे। उनले विभागका अभियन्ता सेलका अधिकारीहरूसँग अप्पर जङ्गुको तिङभोङमा एकसय मेट्रिक टन खाद्य भण्डार गर्न सकिने गोदामको प्रस्तावित स्थलको भ्रमण गर्दै सम्वन्धित ठेकेदार सहित अधिकारीहरूसँग अन्तक्रिया गरे। भ्रमणको क्रममा उनले अप्पर जङ्गुको तिङबोङमा भाडामा लिइएको खाद्य गोदामको जानकारी पनि लिए।