मुख्यमन्त्रीद्वारा एनईसीडीसी महिला क्रिकेट ट्रफीको अनावरण

IMG-20250406-WA0310

गान्तोक: राजधानी गान्तोकस्थित चिन्तन भवनमा आज चौथो नर्थइष्ट क्रिकेट डेभलप्मेन्ट काउन्सिल एचिभर्स नाइट, ग्रोविङ नर्थइष्ट क्रिकेटिङ ग्लोरी कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिँह तामाङ सम्मानित भए। यस अवसरमा मुख्यमन्त्री तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको पहिलो चरणमा सिक्किम क्रिकेट संघका अध्यक्ष टीका सुब्बाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए। कार्यक्रममा मुख्यमन्त्रीलाई एनईसीडीसीको पक्षबाट सम्मानित गरिएको थियो। सोही प्रकारले टोली र एनईसीडीसीका सबै सदस्य राज्यहरूका अध्यक्ष र सचिवलाई पनि सम्मान जनाइएको थियो। कार्यक्रमलाई बीसीसीआई एपेक्स काउन्सिल सदस्य एमकेजे मजुमदारले सम्बोधन गरेपछि मुख्यमन्त्रीको बाहुलीद्वारा एनईसीडीसी गीत र दोस्रो एनईसीडीसी सिनियर महिला क्रिकेट प्रतियोगिता ट्रफीको अनावरण गरिएको थियो। कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत पनि गरिएको थियो। यसबीच विभिन्न कलाकारहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement