मन्त्री लामाद्वारा संस्कृत पाठशालाको उदघाटन

IMG-20250406-WA0271

गान्तोक: सिक्किम सरकारका वधर्म विभागीय मन्त्री सोनाम लामाले आज चानमारीस्थित पञ्च नागेश्वर शिव मन्दिरमा हनुमानको मूर्ति स्थापनाको शिलान्याससंगै संस्कृत पाठशालाको उदघाटन गरे। सम्बोधनमा मन्त्री लामाले एसकेएम पार्टी सरकारमा आएपछि शिक्षा क्षेत्रमा धेरै काम गरेको र संस्कृत पढाउने शिक्षकहरूलाई न्याय दिने काम भएको दाबी गरे। उनले पूर्व सरकारको कार्यकालमा संस्कृत शिक्षकहरूले न्यायका निम्ति लोक अदालत साथै उच्च न्यायालयसम्म गुहार लगाएको उल्लेख गर्दै एसकेएम पार्टी सत्तामा आउनसाथ संस्कृत शिक्षकहरूको समस्या समाधान गर्न सफल बनेको दावी गरे। अहिले संस्कृत शिक्षकहरूले ७२ हजारसम्म वेतन पाउने गरेको जानकारी गराए। आज उदघाटन गरिएको संस्कृत पाठशालामा शीघ्र संस्कृत शिक्षकको नियुक्ति गर्नको साथै एकजना अंग्रेजी भाषामा पढाउने शिक्षक पनि नियुक्त गर्ने वचन दिए। वर्तमान समयमा संस्कृत साथै अंग्रेजी भाषा बोल्न आवश्यक रहेको बताउँदै यस विषयलाई ध्यानमा राख्दै अंग्रेजी पढाउने शिक्षक नियुक्त गर्नको निम्ति विभागसँग परामर्श गर्ने जानकारी गराए। मन्त्री लामाले संस्कृत पढने इच्छुक विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै इच्छुकहरुले भर्ना गराउन सक्ने बताए। यसक्रममा सियारी क्षेत्रका विधायक एवं आयोजक समितिका प्रमुख संरक्षक तेञ्जिङ नोर्बू लाम्ठाले मन्दिरमा सबै भगवानहरूको मुर्ति पहिलादेखि नै स्थापित रहेको बताउँदै हनुमानको मुर्ति नभएको हुँदा गान्तोक निवासी एक व्यक्तिले हनुमानको मुर्ति दान गरेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement