भारत-चीन सीमाको डोक-ला चौकी गाउँमा पुग्यो बिजुली

IMG-20250406-WA0270

गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले गत ४ जनवरीको दिन भारत, चीन र भोटान सीमामा अवस्थित डोक-ला छौकी गाउँको भ्रमण गरेका थिए। भ्रमणको क्रममा सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको गाउँलेहरूले गुनासो गरेका थिए। उक्त गाउँलेहरूले राज्यपालसमक्ष गरेको गुनासोलाई लिएर उनले सेनाका अधिकारीहरूलाई सो समस्याको समाधान गर्न निर्देश दिएका थिए। राज्यपालको निर्देशलाई गम्भीरतापूर्वक लिँदै १७ माउन्टेन डिभीजनका मेजर जेनरल एस राठौडले सो गाउँमा देखिएको बिजुलीको समस्या समाधान गरिदिएको छ। राज्यपालको भ्रमण उक्त गाउँको निम्ति बरदान सावित भएको छ। राज्यपालको भ्रमण पछि सो गाउँका मानिसहरूले बिजुली पाएपछि गाउँलेहरूले राज्यपाल सहित भारतीय सेनाप्रति कृतज्ञता व्यक्त गरेका छन्। अब सीमावर्ती गाउँ बत्तीले मात्र उज्यालो नभएर यस पहल दुर्गम र सीमावर्ती क्षेत्रहरूको विकासको उदाहरण रहेको उल्लेख गरेको छ। यस महत कार्य राज्यपालको सक्षम मार्गदर्शन र भारतीय सेनाको प्रयासले सम्भव भएको सेनाको प्रेस बयानमा बताइएको छ। राज्यपालले यस कार्यको लागि भारतीय सेनाको त्रिशक्ति कोरको प्रशंसा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement