मुम्बई इण्डियन्स टीममा सामेल भए जसप्रीत बुमराह

IMG-20250406-WA0269

मुम्बई: दिग्गज पेस बलर जसप्रीत बुमराह सोमवार वानखेड़े स्टेडियममा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-विरुद्ध खेलिने आईपीएलको म्याच अघि मुम्बई इण्डियन्स टीममा सामेल भएका छन्। यस सालको शुरुवातमा ढाड़मा चोट लागेपछि बुमराह मैदानबाट बाहिर रहेका छन्। बुमराहको पुनर्वास प्रक्रिया बेंगलुरुमा बीसीसीआईको सेष्टर अव् एक्सीलेन्स (सीओई)-मा शुरु भएको थियो। यसले गर्दा उनी ईंग्ल्याण्डविरुद्ध घरेलु सीरीज र पछिबाट आईसीसी च्याम्पियन्स ट्रफीबाट पनि बाहिर भएका थिए। पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले सोशल मीडियाको माध्यमले बुमराह टीममा सामेल भएको जानकारी दिएको छ। यस दिग्गज पेस बलरको आगमनले मुम्बई इण्डियन्स टीममा निश्चित रूपले आत्मविश्वास फर्किनेछ कारण टीमले आईपीएलको जारी सत्रमा प्रभावशाली प्रदर्शन गर्न सकेको छैन। मुम्बई इण्डियन्सले अहिलेसम्म ४ वटा म्याच खेलेर केवल एउटा जितेको छ। यसबीच टीमका मुख्य प्रशिक्षक माहेला जयवर्धनेले बुमराह सोमवार म्याच खेल्न ओर्लिने पुष्टि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement