नयाँ दिल्ली: भारतले ब्राजीलको फोज डू इगुआकुमा आयोजित विश्व बक्सिंग कपमा ६ वटा पदक जित्यो, जसमा हितेशको स्वर्ण पदक पनि सामेल छ। विश्व बक्सिंगद्वारा आयोजित कुनै शीर्ष स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतले पहिलोपल्ट हिस्सा लिइरहेको थियो। हितेश विश्व बक्सिंग कपमा स्वर्ण पदक जित्ने पहिलो भारतीय बक्सर बनेका छन्। उनका प्रतिद्वन्द्वी ईंग्ल्याण्डका ओडेल कामारा चोटले गर्दा शनिवार ७० किग्रा वर्गको फाइनलको निम्ति रिंगमा ओर्लिन सकेनन्। भारतका अभिनाश जामवालले पनि ६५ किग्रा वर्गको फाइनलमा स्थान बनाएका थिए तर स्थानीय दावेदार यूरी रेइसविरुद्ध पराजित भएर उनले रजत पदक हासिल गरे। भारतका अन्य बक्सरहरूमा जादुमणि सिंह मेन्देंगबाम (५० किग्रा), मनीष राठौड़ (५५ किग्रा), सचिन (६० किग्रा) र विशाल (९० किग्रा) – ले काँस्य पदक जिते। भारतले विश्व बक्सिंग कपमा १० सदस्यीय टीम पठाएको थियो, जुन पेरिस ओलम्पिकपछि टीमको पहिलो ठूलो अन्तर्राष्ट्रिय टुर्नामेण्ट थियो।