भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20250406-WA0240

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको नव नियुक्त संयोजक प्रमाण रसाईलीलाई समष्टि कमिटीको तर्फबाट स्वागत जनाइएको छ‌। सभामा भागोप्रमोको सांगठनिक गतिविधि र पार्टीगत विषयमा चर्चा परिचर्चा गरिएको छ‌ सभामा तीनधारे महानदी समष्टिको शाखा प्रशाखा कमिटीहरुका‌ पदाधिकारीहरु उपस्थित रहेका थिए भने २२ वटै बुथहरुका सभापति सचिवले नव गठित कमिटीको जानकारी गराएका छन्‌। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको संयोजक एंव सभासद प्रमाण रसाईली, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, भागोप्रमो तीनधारे खण्ड समितिको सचिव अनिल‌ राई, ट्रेड युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा आदिले वक्तव्य राखेका थिए। यस सांगठनिक सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ विस्तृत रुपमा जानकारी गराएका छन्। यस सांगठनिक सभामा तीनधारे महानदी समष्टिको चारवटै ग्राम पञ्चायतको पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत सदस्यहरु, पञ्चायत समिति सदस्यहरु लगायत भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति राजु लामा, धिरेन प्रधान लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement