पेरिस: पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले आफ्नो अजेय अभियान जारी राख्दै शनिवार राति खेलिएको म्याचमा एञ्जर्सलाई १-०-ले पराजित गऱ्यो। यसको साथै पीएसजी-ले ६ वटा म्याच बाँकी रहँदै फ्रान्सीसी फूटबल लीग (लीग १)-को खिताब जित्यो। लीग १-मा यो पीएसजी-को १३औं खिताब हो अनि यसरी उनीहरूले आफ्नै रेकर्डमा सुधार गरे। पीएसजी-को निम्ति यो खिताब खास रह्यो कारण टीमले च्याम्पियन बन्ने गोरेटोमा एउटा म्याच पनि हारेन। ट्रफी सुरक्षित गर्न उनीरूलाई एञ्जर्सविरुद्ध म्याचमा केवल ड्र-को आवश्यकता थियो तर युवा स्ट्राईकर डेसिरे डौए-को गोलको सहायताले टीमले जीतको खुशीयाली मनायो। आफ्नो होम ग्राउण्डमा ८२ प्रतिशत पोजेशनको साथ खेल्ने पीएसजी-बाट डौए-ले म्याचको ५५औं मिनटमा गोल गरे। म्याच समाप्त भएपछि पीएसजी-का खेलाड़ीहरूले प्रशिक्षक लुई एनरिकलाई काँधमा बोके। एञ्जर्सविरुद्ध जीतपछि लीग १ पोइण्ट्स टेबलको शीर्षमा कायम पीएसजी-को २८ वटा म्याचमा ७४ पोइण्ट्स पुग्यो। यसरी उनीहरूसँग दोस्रो स्थानमा रहने मोनाकोभन्दा २४ पोइण्ट्स अधिक रहेको छ। मोनाकोले अन्य एउटा म्याचमा ब्रेस्टलाई २-१-ले पराजित गऱ्यो। पीएसजी-ले अहिलेसम्म लीग १-को जारी सीजनमा ८० गोल गरेर केवल २६ गोल खाएको छ।