केही म्याचदेखि परिस्थितिहरू टीमको अनुकूल नरहेको सीएसके-का कप्तान रुतुराजको दावी

IMG-20250406-WA0161

चेन्नई: चेन्नई सुपर किंग्स (सीएसके)-को टीम आईपीएलको यस सीजनमा खराब फर्मसँग जुझिरहेको छ। सीजनको पहिलो म्याच जितेपछि टीमले लगातार हारको सामना गर्नु परेको छ। कप्तान रुतुराज गायकवाड़को ब्याटबाट शान्त रहँदा टीमले परिणाम भोग्नु परिरहेको छ। शनिवार दिल्ली क्यापिटल्सविरुद्ध महत्त्वपूर्ण म्याचमा पनि सीएसके-ले १८४ रनको लक्ष्यलाई हासिल गर्न सकेन। लक्ष्यलाई पीछा गर्दै केवल ५ रन बनाउने सीएसके-का कप्तान रुतुराजलाई म्याचपछि निराश देखियो। उनले भने, गत केही म्याचदेखि परिणाम हाम्रो अनुकूल रहेको छैन। हामीले सुधार गर्ने कोशिश गरिरहेका छौं अनि आफ्नो सर्वश्रेष्ठ प्रयास गरिरहेका छौं तर परिस्थितिहरू हाम्रो अनुकूल रहेको छैन। निश्चित रूपले हामीले धेरै विकेट गुमायौं। पावरप्ले-मा खराब बलिंगबारे रुतुराजले भने, यो हाम्रो निम्ति ठूलो चिन्ताको विषय बनेको छ। हामीले १५-२० रन अतिरिक्त दिइरहेका छौं या फेरि धेरै विकेट गुमाइरहेका छौं। हामी कोशिश त गरिरहेका छौं तर परिणाम सही रहेको छैन।
टीमको समस्याहरूबारे रुतुराजले भने, मेरो विचारमा हामी सामान्य अधिक चिन्तित छौं या फेरि पावरप्ले-मा बलिंग गर्दा बलरहरू अनिश्चित छन्। यसबाहेक ब्याटको साथ पावरप्ले-मा तपाईं अतिरिक्त विकेट गुमाउन चाहनु हुँदैन। टीमलाई सही बाटोमा ल्याउन सबैले एकजुट भएर प्रदर्शन गर्नु पर्नेछ। हामीले चाँड़ै समस्याहरूको हल निकाल्नु पर्नेछ। म्याचमा जीत हासिल गर्ने मानसिकताको कमीबारे उनले भने, पावरप्ले पछि हामी धेरै पछाड़िन पुग्यौं अनि हामीसँग केवल एकजना ब्याटर बाँचेको थियो। डीसी-ले वास्तवमा असल बलिंग गऱ्यो। उनीहरूले परिस्थितिहरूलाई असल तरिकाले प्रयोग गरे। शिवम (दुबे) ब्याटिंग गर्दासम्म पनि हामी फर्म हासिल गर्ने प्रयास गरिरहेका थियौं तर यस्तो हुन सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement